किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्यकता पर्नेथिएन। किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्नुहुन्छ, “परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु। तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्याएर ल्याएको थिएँ। परमप्रभु भन्नुहुन्छ, तिनीहरू मेरो करारमा स्थिर भई बसेनन्, यसैले मैले तिनीहरूको वास्ता गरिनँ। परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्। ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्। किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।” यस करारलाई “नयाँ” भन्नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्याउनुभयो। र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्छ, त्यो लोप भएर जानेछ।
हिब्रू 8 पढ्नुहोस्
सुन्नुहोस् हिब्रू 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 8:7-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू