विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु। प्राचीन कालका मानिसहरूसित परमेश्वर प्रसन्न हुनुहुन्थो; किनकि तिनीहरूमा यस्तै विश्वास थियो। विश्वासद्वारा हामी बुझ्दछौं कि परमेश्वरले आफ्नो आदेशद्वारा यो संसारको सृष्टि गर्नुभयो। यसले हामी बुझ्दछौ जो दृश्य छ त्यो कुनै अदृश्यद्वारा बनाइएको थियो। कयिन र हाबिल दुवैले परमेश्वरलाई भेटीहरू चढाए। तर हाबिलको विश्वास थियो, त्यसैले उनले परमेश्वरलाई असल भेटिहरू चढाए। परमेश्वर हाबिलको भेटीहरूले प्रसन्न हुनुभयो। अनि उनको विश्वासको कारणले, उनी असल मानिस कहलाइए। हाबिल मरे तर उनको विश्वास अझै ज्यूँदै छ। हनोकलाई यस संसारबाट माथि उठाइयो। उनी मरेनन्। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनु भन्दा अघि उनले साँच्चोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनोकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनोकको विश्वासकै कारणले यस्तो भएको थियो। विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँच्चोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ। नूहले त्यसबेला सम्म जुन देखेकै थिएनन् त्यसको लागि उनलाई परमेश्वरले चेतावनी दिनुभयो, परमेश्वर प्रति नूहको विश्वास र श्रद्धा थियो। यसर्थ उनले आफ्नो परिवारलाई बचाउन एउटा ठूलो जहाज बनाए। आफ्नो विश्वासले संसार गल्ती छ भन्ने उनले देखाए अनि विश्वासद्वारा परमेश्वरका धर्मी बनिने ती मानिसहरूमध्ये उनी एकजना भए। परमेश्वरले अब्राहामलाई अर्कै ठाउँको यात्रा गर्न अह्राउनु भयो जुन उहाँले उनलाई दिने वचन दिनुभएको थियो। त्यो अर्को ठाउँ कुन हो र कहाँ छ, त्यसको ज्ञान अब्राहामलाई थिएन। तर परमेश्वरको आज्ञा मानेर उनले यात्रा शुरू गरे किनकि उनको विश्वास थियो। परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालमा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए। अब्राहाम एउटा बलियो जग भएको नगरको प्रतीक्षामा थिए, जसलाई बनाउने र सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ। अब्राहाम नानीहरू जन्माउन नसक्ने बूढा थिए र सारा पनि बाँझी थिइन। तर परमेश्वरमा विश्वासकै कारणले उनी बाबु भए। उहाँले वचन पूरा गर्नुहुन्छ भनी अब्राहामले परमेश्वरलाई पत्यार गरे। उनी यति बूढा थिए कि उनी प्राय मृत नै थिए। बाँच्न आशा समेत कमै थियो। तर त्यस्ता मानिसबाट संसारमा ताराहरू जत्ति कै असंख्य र बगरमा बालुवाको कणहरू जत्तिकै अनगन्ती सन्तानहरू जन्मे। यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफू त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे। जब मानिसहरूले यसलाई त्यसरी नै स्वीकार गर्दछन्, तिनले देखाउँछन् कि तिनीहरू यो भन्दा एउटा आफ्नै देशको प्रतीक्षामा छन्। तिनीहरूले आफूले छोडेको देशको याद गर्दा हुन् त फर्केर जाने अवसर तिनीहरूले पाउन सक्ने थिए। तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।
हिब्रूहरूको निम्ति पत्र 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रूहरूको निम्ति पत्र 11:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू