YouVersion लोगो
खोज आइकन

उत्पत्तिको पुस्तक 42:1-6

उत्पत्तिको पुस्तक 42:1-6 NERV

कनानमा पनि खराब प्रकारले नै अनिकाल लाग्यो। तर याकूबले मिश्र देशमा अन्न छ भनी थाहा पाए। यसर्थ याकूबले आफ्नो छोराहरूलाई भने, “हामी यहाँ किन यसरी बसिरहेका छौं। बेच्नको निम्ति मिश्र देशमा अन्न राखिएको छ भनी मैले सुनेको छु। यसर्थ अन्न किन्नको निम्ति हामी त्यहाँ जाऊँ जसले गर्दा हामी आफैंलाई अनिकालबाट बचाउनेछौं।” यसर्थ मिश्रमा अन्न किन्न यूसुफका दाजुहरू मध्ये दश जना गए। याकूबले बिन्यामीनलाई पठाएनन्। (यूसुफका भाइहरूमा बिन्यामीन मात्र आफ्नै भाइ हो।) बिन्यामीनलाई केही नराम्रो होला भनेर याकूब डराए। कनानमा अनिकाल औधी नै लगेको थियो, मिश्र देशमा अन्न किन्न जानेहरूमा कनानबाट धेरै मानिसहरू थिए। तिनीहरू मध्ये इस्राएलका छोराहरू पनि थिए। त्यस समयमा मिश्र देशका प्रशासक यूसुफ थिए। त्यहाँ यूसुफ मात्र एकजना मानिस थिए, जसले मिश्र देशमा मानिसहरूलाई अन्न बेच-बिखन गरिएको निरीक्षण गर्थे। यसर्थ तिनका दाज्यू-भाइहरू तिनीकहाँ आए अनि शिर निहुर्याएर नमस्कार गरे।