मिश्रमा अनाज छ भनी थाहा पाएपछि याकूबले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्काको मुख हेराहेर गर्दै बस्छौ? मिश्रमा अनाज छ रे भन्ने मैले सुनेको छु। हामीहरू जीवितै रहने हो भने त्यहाँ गएर हाम्रा निम्ति अनाज किनेर ल्याओ।” यसकारण योसेफका दश जना दाजुहरू मिश्रमा अनाज किन्न गए। तर याकूबले योसेफका भाइ बेन्यामीनलाई चाहिँ तिनका दाजुहरूसँग पठाएनन्। किनकि तिनलाई केही खतरा आइपर्ला भनी याकूब डराउँथे। यसरी अरू जानेहरूका साथमा इस्राएलका छोराहरू पनि अनाज किन्न गए, किनकि कनान देशमा पनि अनिकाल परेको थियो। त्यस बेला योसेफ मिश्रका अधिपति थिए। देशका सारा मानिसहरूलाई अनाज बेच्ने पनि तिनी नै थिए। यसकारण योसेफका दाजुहरूले आएर भूइँसम्म निहुरेर तिनलाई ढोग गरे।
उत्पत्ति 42 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 42
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 42:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू