YouVersion लोगो
खोज आइकन

उत्पत्तिको पुस्तक 27:30-40

उत्पत्तिको पुस्तक 27:30-40 NERV

इसहाकले याकूबलाई आशीर्वाद दिने काम पूरा गरे। याकूबले आफ्नो बाबु इसहाकलाई छोडेर गएको मात्र थिए एसाव शिकारबाट फर्केर आए। एसावले आफ्नो बुबाले मन पराउने परिकारको मासु तयार पारे अनि बुबाकहाँ ल्याए। उनले आफ्नो बुबालाई भने, “बुबा” म तपाईंको छोरो हुँ। उठ्नुहोस् अनि मृगको मासु चाख्नु होस ताकि तपाईं मलाई आशिष दिनु सक्नुहुन्छ। तर इसहाकले उसलाई सोधे, “तँ को होस्?” उनले उत्तर दिए, “म तपाईंको छोरो एसाव हुँ। तपाईंको जेठो छोरो।” तब इसहाक छक्क परे र काँपे अनि भने, “त्यो को थियो जसले तँ आउनु भन्दा अघि नै मासु ल्यायो? मैले सबै खाँए अनि त्यसलाई आशीर्वाद दिएँ। अब आशीर्वाद फर्काउन अत्यन्तै ढिलो भयो।” एसावले आफ्नो बाबुको कुरा सुने। तिनी अत्यन्तै क्रोधित भए अनि दुःखी भए। तिनी चिच्याए अनि बाबुलाई भने, “बुबा, मलाई पनि आशीर्वाद दिनुहोस्।” इसहाकले भने, “तेरो भाइले मसित ध्रूत्याइँ गर्यो। त्यो आयो अनि तैंले पाउने आशीर्वाद लिएर गयो।” एसावले भने, “उसको नाउँ याकूब हो। यो नाउँ उसको निम्ति उपयुक्त छ। उनले मसित दुइ पल्ट चलाखी गर्यो। उनले मबाट जेठो छोरोको अधिकार खोस्यो अनि अहिले मैले पाउँने आशीर्वाद लग्यो।” त्यसपछि एसावले भने, “मेरो निम्ति केही आशीर्वाद साँच्नु भएको छ?” इसहाकले उत्तर दिए, “छैन, अब एकदमै ढिलो भयो। मैले याकूबलाई तँमाथि शासन गर्ने शाक्ति दिएँ। उसका सबै दाज्यू-भाइहरू उसको नोकर हुनेछन् पनि भनें। अनि मैले उसको निम्ति धेरै अन्न फलोस् अनि दाखरस होस् भनेर आशीर्वाद दिएँ। अब तेरो निम्ति मेरोमा केही छैन।” तर एसावले आफ्नो बाबुलाई आशीर्वाद मागिरह्यो। “के तपाईंसित खाली एउटै मात्र आशीर्वाद छ, बुबा? बुबा! मलाई पनि आशीर्वाद दिनुहोस्!” एसाव रून थाले। तब इसहाकले उनलाई भने, “तँ मलिलो भूमिमा बस्न पाउने छैनस्। तैंले आकाशबाट शीत सम्म पनि पाउने छैनस्। तैंले बाँच्नको निम्ति सङ्घर्ष गर्नु पर्छ। अनि तँ आफ्नो भाइको कमारा बनिनेछस्। तर तैंले स्वाधीन हुन युद्ध गर्ने छस्। तैंले उसको नियन्त्रणलाई भत्काउने छस्।”