YouVersion लोगो
खोज आइकन

उत्पत्तिको पुस्तक 15:1-11

उत्पत्तिको पुस्तक 15:1-11 NERV

यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।” अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउनेछ।” अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मै सम्पत्ति पाउनेछ।” त्यसपछि परमप्रभुले अब्रामसित कुरा गर्नु भयो। परमेश्वरले भन्नुभयो, “तिमीसँग भएको सम्पत्ति त्यो कमारोले पाउँदैन। तिम्रो आफ्नै छोरो जन्मनेछ। अनि तिम्रो सम्पत्तिको उत्तराधिकारी उही तिम्रो छोरो हुनेछ।” त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।” अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे। परमेश्वरले अब्रामलाई भन्नुभयो, “म उही परमप्रभु हुँ जसले तिमीलाई कल्दीहरूको ऊरबाट ल्याएँ। मैले यसो गर्नुको तात्पर्य तिमीलाई यो भूमि दिनु हो, यो भूमि तिमीले ग्रहण गर्नेछौ।” तर अब्रामले भने, “हे परमप्रभु मेरा मालिक, यो भूमि मैले नै पाउनेछु भनी म कसरी थाहा पाउन सक्छु?” परमेश्वरले अब्रामलाई भन्नुभयो, “हामी एउटा करार गर्नेछौं। एउटा तीन बर्षको कोरली, त्यसरी नै तीन बर्ष पुगेको बाख्रा अनि तीन बर्ष पुगेको एउटा भेंडा ल्याऊ। अनि एउटा ढुक्कुर र एउटा परेवाको बच्चा पनि ल्याऊ।” परमेश्वरको निम्ति अब्रामले यी सबै कुराहरू ल्याएर यी सबै कुराको बलि चढाई ती सबलाई दुइ-दुइ टुक्रा पारे। तब अब्रामले प्रत्येक आधा भागलाई अर्को आधा भाग माथि र्तेस्याए। तर तिनले पंक्षीहरूलाई टुक्रा पारेनन्। पछि, ती पशुको मासु खान ठूला-ठूला पंक्षीहरू उडेर आए तर अब्रामले तिनीहरूलाई धपाए।