YouVersion लोगो
खोज आइकन

प्रस्थानको पुस्तक 34:27-35

प्रस्थानको पुस्तक 34:27-35 NERV

परमप्रभुले मोशालाई भन्नु भयो, “मैले तिमीलाई भनेका सबै कुराहरू लेख। यी कुराहरू करार हुन्, जुन मैले तिमी र इस्राएलीहरूसँग गरिरहेकोछु।” त्यहाँ मोशा चालीस दिन र चालीस रातसम्म परमप्रभुसँग बसे। तिनले न ता केही खाए न ता पिए। मोशाले करारका वचनहरू अर्थात् दश आज्ञाहरू दुइवटा पाटीहरूमा लेखे। त्यसपछि मोशा सीनै पर्वतबाट तल आए। उनले आफूसित दुइ शिला-पाटीहरू ल्याए। मोशाले थाह पाएनन् उनको अनुहार चम्किरहेको थियो किनभने उनले परमप्रभुसँग कुरा गरेका थिए। हारून र इस्राएली मानिसहरूले देखे मोशाको अनुहार चम्किरहेको थियो। तिनीहरू उनको छेउमा जान डराए। मोशाले हारून अनि सबै बूढा-प्रधानहरूलाई आफूसित बस्न बोलाए। मोशाले तिनीहरूसँग कुरा गरे। त्यसपछि इस्राएलीहरू मोशाको छेउमा आए अनि उनले परमप्रभुद्वारा सीनै पर्वतमाथि दिनु भएका ती आज्ञाहरू तिनीहरूलाई दिए। जब तिनले मानिसहरूसित कुरा गरी सके पछि तिनले आफ्नो अनुहार ढाके। कुनै पनि समय जब मोशा कुरा गर्नको निम्ति परमप्रभुअघि जान्थे आफ्नो अनुहार नढाकी जान्थे। त्यसपछि मोशा बाहिर आएर परमप्रभुले दिनु भएका आज्ञाहरू इस्राएलका मानिसहरूलाई सुनाउथे। इस्राएली मानिसहरूले मोशाको अनुहार चम्किरहेको देखे। यसकारण अर्को पल्ट परमप्रभुसँग कुरा गर्न नजाउञ्ञेलसम्म मोशाले आफ्नो अनुहार छोपिरहे।