परमेश्वरले मोशालाई भन्नु भयो, “बबुल काठको वेदी बनाऊ। यो वेदी तिमीले धूप बाल्नको निम्ति प्रयोग गर्नेछौ। तिमीले त्यो वेदी वर्गाकारमा बनाउनु पर्छ जसको लम्बाइ अनि चौंडाइ एक हातको र उचाइँ दुइ हातको रहनेछ। त्यसवेदीको चार कुनामा सींङहरू हुनेछन्। यी सींङहरू वेदीसित एउटै काठले बनिएको जस्तो हुनुपर्छ। वेदीमाथिका सबै किनारहरू अनि यसको सींङहरू सुनले मोहोर। वेदीको वरिपरि सुनको एउटा घेरा बनाऊ। दुइवटा सुनको मुन्द्रीहरू बनाऊ प्रत्येकलाई वेदीको छेउमा घेरा मुनि जोडी छेऊ वेदी बोक्नको निम्ति यी मुन्द्रीहरूमा लौराहरू लगाइदेऊ। लौराहरू बबुल काठको बनाऊ अनि तिनीहरूलाई सुनले मोहोर। वेदीलाई पर्दाहरूअघि राख जसले करारको सन्दूकलाई ढाक्छ र त्यस ढकनीले सन्दूकलाई छोप्छ। त्यो ढकनी त्यही ठाउँ हो जहाँ म तिमीसित भेट गर्नेछु। “प्रत्येक बिहान हारूनले वेदीमा सुगन्धित धूप जलाउनु पर्छ। उसको यो कार्य बत्तीहरूको हेरचाह गर्न आउँदा गर्नेछन्। साँझमा पनि जति बेला तिमी बत्तीको हेरचाहा गर्न आउँछौ त्यस समयमा उसले सुगन्धित धूप जलाउनु पर्नेछ। यसर्थ परमप्रभुको सामुने तिनीहरूको सन्तान जतिञ्ञेल रहन्छ सदा-सर्वदा धूप जलाउनु पर्छ। यस वेदीमा अरू कुनै प्रकारको धूप अथवा होमबलि अन्नबलि अथवा अर्घबलि प्रयोग गर्नु हुँदैन। “बर्षमा एकपल्ट हारूनले परमप्रभुलाई एउटा विशेष बलि चढाउनेछ। हारूनले शुद्धिकरण बलिको त्यो रगत प्रयोग गरेर वेदीलाई प्रायश्चित गर्छन्। हारूनले वेदीको सींङहरूमा त्यो रगत चढाउनेछन। त्यो वस्तु परमप्रभुको निम्ति महा-पवित्र हुनेछ।”
प्रस्थानको पुस्तक 30 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थानको पुस्तक 30:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू