YouVersion लोगो
खोज आइकन

व्यवस्थाको पुस्तक 8:11-20

व्यवस्थाको पुस्तक 8:11-20 NERV

“सावधान बस, परमप्रभु तिमीहरूका परमेश्वरलाई नबिर्स अनि आज मैले दिएको आज्ञा र विधि-विधानहरू खूबै होशियार भएर पालन गर। तब तिमीहरूसित खानेकुराहरू प्रशस्त हुनेछन् तथा बस्ने राम्रा-राम्रा घरहरू तिमीहरूले बनाउनेछौ। तिमीहरूसित गाई, भेंडा अनि बाख्राहरू धेरै बढेर जानेछन् र तिमीहरूसित प्रशस्त मात्रामा सुन-चाँदी हुनेछ। तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। जब यी सब कुराहरू तिमीहरूसित हुनेछन् तिमीहरू सावधान बस जसले गर्दा तिमीहरूमा अहंकार उत्पन्न भयो तिमीहरू मिश्रदेशमा कमारा थियौ, परमप्रभुले त्यहाँबाट तिमीहरूलाई स्वतन्त्र गराएर ल्याउनु भयो, यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स। परमप्रभुले तिमीहरूलाई सर्प र बिच्छीहरूले भरिएको सूख्खा मरुभूमि हुँदै ल्याउनु भयो। त्यस ठाउँमा पानी थिएन। यसकारण उहाँले तिमीहरूका लागि ढुङ्गाहरूबाट पानी निकाल्नु भयो। मरुभूमिमा परमप्रभुले तिमीहरूलाई मन्न खुवाउनु भयो, त्यो यस्तो चीज हो जुन तिमीहरूका पिता-पुर्खाहरूले पनि देखेका थिएनन् परमप्रभुले तिमीहरूको परीक्षा लिनु भयो। किनभने अन्तमा गएर तिमीहरूको निम्ति प्रत्येक चीज नै असल होस् भनी परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो। यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।’ परमप्रभु तिमीहरूका परमेश्वरको स्मरण गर। उहाँ नै एकजना हुनुहुन्छ जसले तिमीहरूलाई ती सब गर्न शक्ति दिनुहुन्छ। किन परमप्रभुले यसो गर्नुहुन्छ? किनभने आज उहाँले जे गरिरहनु भएको छ तिमीहरूका पिता-पुर्खाहरूसित गरिएको करार पनि यस्तै राख्नु चाहनुहुन्छ। “परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स। अन्य देवताहरूको पूजा तथा आराधना नगर, तिनीहरूलाई अनुशरण नगर। यदि त्यसो गर्यौ भने म चेतावनी दिन्छु तिमीहरू निश्चय ध्वंश हुनेछौ। तिमीहरूको निम्ति परमप्रभुले अन्य राष्ट्रहरू ध्वंश पार्नुहुँदैछ र यदि तिमीहरूले अरू देवता माने तिमीहरूलाई पनि तिनीहरूलाई जस्तै ध्वंश पारिने छ। किनभने तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई मान्नु छाड्यौ।”