सावधान बस! मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्वरलाई नभुल। नत्रता जब तिमीहरू खाएर तृप्त हुनेछौ, र राम्रा-राम्रा घरहरू बनाएर बस्नेछौ, जब तिमीहरूका बगाल र बथानको वृद्धि भएर जानेछ, र तिमीहरूका सुनचाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्त हुनेछन्, तब तिमीहरू अहङ्कारी भएर तिमीहरूलाई दासत्वको देश मिश्रबाट ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्वरलाई भुल्नेछौ। उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको, निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड़-स्थानको बीचमा डोर्याउनुभयो। उहाँले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो। अन्त्यमा तिमीहरूको भलो होस् भनेर उजाड़-स्थानमा तिमीहरूका पुर्खालाई थाहा नभएको मन्न खुवाएर उहाँले तिमीहरूलाई नम्र तुल्याउनुभयो र जाँच्नुभयो। “हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला। तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्नुभएको करार स्थिर गर्नुहुन्छ, जो आजसम्म छँदैछ। म आज तिमीहरूलाई यो कड़ा चेताउनी दिँदैछु, कि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्स्यौ र अन्य देवताहरूका पछि लागेर तिनीहरूको आराधना र पूजा गर्यौ भने, तिमीहरू अवश्य नष्ट हुनेछौ। परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गरेनौ भने, तिमीहरूलाई पनि परमप्रभुले तिमीहरूकै अगि नाश गर्नुभएका जातिहरूझैँ नाश गर्नुहुनेछ।
व्यवस्था 8 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 8:11-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू