“परमप्रभु आफ्ना परमेश्वरलाई नभुल्ने निश्चय गर। मैले आज तिमीहरूलाई दिएका नियमहरू कुनै पनि मान्न नछोड। जब तिमीहरूसित खान मन लागेका सबै कुरा हुन्छन् र बस्ने घरहरू बनाइसक्छौ, अनि तिमीहरूका गाई-वस्तु, भेडा, सुन-चाँदी र अरू सबै सम्पत्तिहरू बढेर गएका हुन्छन्, तब तिमीहरूले यो याद गर्नु कि तिमीहरू घमण्डी बन्नुहुन्न र तिमीहरू दास-दासी भई बसेका मिश्रबाट बचाई ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वरलाई भुल्नुहुन्न। उहाँले तिमीहरूलाई विषालु साँप र बिच्छीहरू भएका ठूला र डरलाग्दा उजाड-स्थानदेखि डोर्याएर ल्याउनुभयो। त्यस सुख्खा र पानी नभएका देशमा उहाँले तिमीहरूको लागि कडा चट्टानबाट पानी निकाल्नुभयो। उजाड-स्थानमा उहाँले तिमीहरूलाई खानलाई मन्न दिनुभयो, त्यो भोजन तिम्रा पुर्खाहरूले कहिल्यै खाएका थिएनन्। तिमीहरूलाई जाँच्न उहाँले तिमीहरूलाई दु:ख-कष्ट दिनुभयो र अन्तमा सबै असल कुराहरूले तिमीहरूलाई आशिषित तुल्याउनुभयो। “यसैले हामीले आफ्नै शक्ति र बलले धन-सम्पत्ति कमाएका हौं भनी कहिल्यै तिमीहरूले नसोच्नू। याद राख, परमप्रभु तिम्रा परमेश्वरले नै तिमीहरूलाई धनी बन्ने शक्ति दिनुहुन्छ। उहाँ आफैं तिम्रा पुर्खाहरूसित गर्नुभएको करारप्रति आजसम्म विश्वासी रहनुभएको हुनाले परमप्रभुले त्यसो गर्नुहुनेछ। परमप्रभु आफ्ना परमेश्वरलाई कहिल्यै नभुल, अरू देवताहरूको पूजा र सेवा गर्नलाई तीपट्टि नलाग। म आज चेतावनी दिँदछु कि तिमीहरूले त्यसो गर्यौ भने तिमीहरू निश्चय नष्ट हुनेछौ। तिमीहरू अघि बढेर जाँदा उहाँले जाति-जातिलाई नाश गर्नुहुनेछ। तिमीहरूले परमप्रभुको आज्ञा मानेनौ भने उहाँले तिमीहरूलाई त्यही प्रकारले नाश गर्नुहुनेछ।
व्यवस्था 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 8:11-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू