YouVersion लोगो
खोज आइकन

व्यवस्थाको पुस्तक 30:11-20

व्यवस्थाको पुस्तक 30:11-20 NERV

“आदेश जो म तिमीहरूलाई आज दिंदैछु त्यो पालनगर्न न अप्ठयारो छ न टाढा नै छ। यो आदेश स्वर्गमा छैन तब तिमीहरूले भन्न सक्छौ, ‘हाम्रो निम्ति को स्वर्ग जानेछ र त्यो लिएर आउनेछ? अनि हामी सुन्नु र गर्नु सक्छौ।’ यो आदेश समुद्रको अर्को किनारमा छैन तब हामी भन्न सक्छौ, ‘हाम्रो निम्ति समुद्र पार गरेर को जानेछ र त्यो लिएर आउनेछ? अनि हामीले सुन्न र गर्न सएने हुन्छौ।’ होइन, त्यो शब्द तिमीहरूको अत्यन्तै नजिकै छ, त्यो तिमीहरूले पालन गर्न सक्छौ कारण त्यो तिमीहरूको मुखमा छ अनि हृदयमा छ। “आज मैले तिमीहरूलाई राम्रो र नराम्रो अनि जीवन र मृत्यु रोज्न दिएको छु। म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्ने, उहाँको विधि तथा नियमहरू अनुशरण गर्ने आदेश दिन्छु। परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमि आफ्नो बनाउनको निम्ति प्रवेश गररिरहेका छौ त्यहाँ परमप्रभुले आशिष दिनु हुनेछ र त्यहाँ तिमीहरू बसो-बास गर्नेछौ अनि तिमीहरूका सन्तान फिँजिनेछन्। तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ अनि अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्यौ भने, तब तिमीहरू ध्वंश हुनेछौ। म तिमीहरूलाई चेतावनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्यौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउँन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ। “आज मैले तिमीहरूलाई स्वर्ग र पृथ्वीलाई साक्षी राखेर दुइवटा ढुङ्गाहरूबाट एउटा रोज्नु लाउँदैछु। जीवन अथवा मृत्यु रोज्न सक्छौ। पहिलो रोजाइ आशीर्वाद ल्याउँछ, अनि अरू रोजाई सराप यसकारण जीवनलाई रोज। तब तिमी अनि तिमीहरूको नानीहरू बाँच्ने छन्। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नै पर्छ र उहाँका आज्ञा पालन गर्नै पर्छ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनुहुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”