“तिमीहरूले अरू राष्ट्रका मानिसहरूलाई जसले जादूद्वारा आफ्नो भविष्य बताउन लगाउँछन् जबरजस्ती निकाल्नु पर्छ। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस्तो गर्नु दिनु हुने छैन। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कहाँ तिमीहरू माझबाट एक जनालाई अगमवक्ता बनाएर पठाउनु हुनेछ र ऊ म जस्तै हुनेछ अनि तिमीहरूले उसको कुरा सुन्नु पर्छ। परमेश्वरले यस्तो अगमवक्तालाई तिमीहरूकहाँ पठाउँदै हुनुहुन्छ किनभने तिमीहरूले उहाँलाई त्यस्तो मानिसहरूकालागि विन्ती गर्यौ। जब तिमीहरू होरेब पर्वत (सिनै) माथि परमेश्वरको आवाज सुनेर र होरेब पर्वतमाथि आगो देखेर भेला भएका थियौ तिमीहरू डराएका थियौ। यसकारण तिमीहरूले भनेका थियौ, ‘फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज हामीले सुन्नु पाउँदैनौं। फेरि त्यो ठूलो आगो देख्नु सक्दैनौं, नत्र हामी मर्नेछौं।’ “परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरूले मलाई जे सोध्यौ, राम्रो हो। म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अगमवक्ता पठाउँनेछु अनि त्यो अगमवक्ता तिनीहरूमाझ एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नु पर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनु पर्छ। त्यो अगमवक्ताले मेरो निम्ति बोल्नेछ अनि जब उसले भनेको कुरो अथवा मेरो आज्ञा कसैले उल्ङ्घन गरे उसले सजाय पाउँनेछ।’ “तर अगमवक्ताले केही कुरा भन्न सक्छ, जुन चाही मैले तिमीहरूलाई भनेको थिइनँ, अनि उसले मानिसहरूलाई भन्न सक्छ मेरो निम्ति बोल्दैछ। यदि यस्तो हुन्छ भने त्यो अगमवक्तालाई अवश्य मार्नु पर्छ। अन्य देवी-देवताहरूको निम्ति बोल्ने अगमवक्ताहरू पनि आउन सक्छ। त्यस्ता अगमवक्तालाई पनि मार्नु पर्छ। तिमीहरूले सोचिरहेका होला, ‘अगमवक्ताले जे भन्छ त्यो परमेश्वरबाट होइन भनी कसरी जान्नु?’ यदि कुनै अगमवक्ताले केही बताउँछ ऊ परमेश्वरको निम्ति बोल्दैछ तर त्यो जब पूरा हुँदैन तब तिमीहरूले जान्नेछौ त्यो कुरो परमप्रभुले भन्नु भएको होइन। तिमीहरूले थाहा पाउँनेछौ त्यो अगमवक्ताले आफ्नै विचार बताउँदैछ। ऊसित तिमीहरू डराउनु पर्दैन।
व्यवस्थाको पुस्तक 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्थाको पुस्तक 18:14-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू