YouVersion लोगो
खोज आइकन

दानियलको पुस्तक 6:13-18

दानियलको पुस्तक 6:13-18 NERV

यसपछि तिनीहरूले राजालाई भने, “निकालावास भएको यहूदीहरू मध्ये एकजना दानियलले तपाईंले बनाउनु भएको कानूनको वास्ता गरेनन्। तिनले आफ्ना परमेश्वरलाई दिनमा तीन पल्ट बिन्ती प्रार्थना गर्छन्।” जब राजाले यो खबर सुने तिनी अत्यन्तै दु:खी भए, लगत्तै उनले दानियललाई बँचाउने चेष्टा गरे। उनले सूर्यास्त नहुन्जेलसम्म दानियललाई बचाउँने चेष्टा गरे। तब मानिसहरूले मौका पाए अनि राजाकहाँ आएर भने, “हे महाराज तपाईंलाई यो थाहा छ कि मादीहरूको र फारसीहरूको कानून कहिले पनि बद्ली हुँदैन, राजाले यो कानून बद्ली गर्न सक्तैनन्।” तब राजाले तिनीहरूलाई दानियललाई सिंहको खोरमा फ्याँक्ने आदेश दिए। राजाले दानियललाई भने, “म विश्वास गर्छु परमेश्वरले जसलाई तिमी सधैँ आराधना गर्छौ, तिमीलाई बचाउँन्।” त्यसपछि तिनीहरूले एउटा ठुलो ढुङ्गा ल्याएर सिंहको खोरमा राखे अनि राजाको लाल मोहर, मन्त्रि र शासकहरूको लाल मोहर लगाई दिए जसद्वारा त्यो ढुङ्गालाई कसैले हटाउन अनि खोरबाट दानियललाई बचाउँन नसकोस्। तब राजा दारा आफ्नो महलमा गए। तिनीले त्यो रात खाएनन् अनि सुतेनन् र कसैलाई पनि त्यहाँ आउन दिएनन्।