YouVersion लोगो
खोज आइकन

दानियलको पुस्तक 10:7-19

दानियलको पुस्तक 10:7-19 NERV

म, दानियल त्यस दर्शन हेरिरहने एक मात्र मानिस थिएँ, मेरो छेउमा हुने कसैले त्यो दर्शन देखेनन्। तर तिनीहरू एकदमै डराएका थिए अनि आफूलाई लुकाउन भागे। अनि म एक्लै छोडिएँ, म एक्लैले त्यो महादर्शन हेरें, तर मसँग केही शक्ति पनि रहेन। म मानिसको पुत्ला जस्तै भएँ। मैले सबै शक्ति पनि हराएँ। जब मैले तिनी बोलेको सुनें, म भूइँमा अचेत भएर लडें, जब मैले उनी बोलेको सुनें, मैले आफ्नो अनुहार भूइँमा निहुराएँ। तब एउटा हातले मलाई छोयो। म मेरो हात र घुडाँ टेकेर उभिएँ, म एकदमै डराएँ र म कामिरहेको थिएँ। दर्शनको मानिसले मलाई भन्यो, “दानियल परमेश्वरले तिमीलाई अतिनै प्रेम गर्नुहुन्छ। मैले तिमीलाई भन्न लागेको वचनको विषयमा राम्ररी ध्यान देऊ र उभेऊ, मलाई तिमीकहाँ पठाइएको हो।” तब उहाँले मलाई यसो भन्नुभयो, उठ, म उठें। म अझै कामिरहेको थिएँ किनभने म डराएको थिएँ। त्यसपछि फेरि ऊ बोल्यो, “नडराऊ दानियल, पहिलो दिनबाट नै तिमीले निश्चय गरेका थियौ कि परमेश्वरको छेउमा तिमी विनम्र र विवेकपूर्ण रहनेछु। परमेश्वरले तिम्रो प्रार्थना सुन्दै आउँनु भएकोछ, तिमी प्रार्थना गरिरहेका छौ, यसैले म तिम्रोमा आएको छु। फारसको राजकुमारले एक्काईस दिनसम्म मेरो विरोध गरिरह्यो। तर अचानक, मिकाएल एकजान प्रमुख राजकुमारले मलाई सहायता गर्न आए, किनकि म फारस देशको राजासँग अलमलिएको थिएँ। म तिमीलाई त्यो बताएर सहायता गर्न आएको छु कि भविष्यमा तिम्रा मानिसहरूमाथि घट्ना घट्नेछ। त्यो दर्शन आउनेवाला समयको विषयमा हो।” जब उनले मलाई त्यसो भने, म बोल्न सकिनँ अनि आफ्नो अनुहार भुईँतिर निहुँराएँ। त्यस पछि मानिस जस्तो कोही देखा पर्यो। मेरो ओंठ छोयो अनि अगाडी उभियो। मैले आफ्नो मुख खोलें र बोलें, “महोदय, जब मैले पहिलो दर्शन देखें, यसले मेरो मुटु डरले काम्यो मेरो बलनै रहेन। महाशय म तपाईंको दास दानियल, म कसरी तपाईंसँग बात गर्न सक्छु? अहिले सम्म मसँग उभिनलाई बलनै छैन र सास फेर्न पनि सकेको छैन।” एकपल्ट फेरि त्यो मानिस जस्तो देखिनेले मलाई छुए, मलाई जब उसले छुयो मैले झन असल अनुभव गरें। त्यसपछि उनले भने, “प्रिय मानिस, नडराऊ! बलियो होऊ।” जब उनी मसँग बोलिसक्नु भयो, मैले शक्ति पाएँ अनि भनें, “महाशय, दया गरी बोल किनभने तपाईंले मलाई बल दिए।”