YouVersion लोगो
खोज आइकन

दानियलको पुस्तक 10:11-14

दानियलको पुस्तक 10:11-14 NERV

दर्शनको मानिसले मलाई भन्यो, “दानियल परमेश्वरले तिमीलाई अतिनै प्रेम गर्नुहुन्छ। मैले तिमीलाई भन्न लागेको वचनको विषयमा राम्ररी ध्यान देऊ र उभेऊ, मलाई तिमीकहाँ पठाइएको हो।” तब उहाँले मलाई यसो भन्नुभयो, उठ, म उठें। म अझै कामिरहेको थिएँ किनभने म डराएको थिएँ। त्यसपछि फेरि ऊ बोल्यो, “नडराऊ दानियल, पहिलो दिनबाट नै तिमीले निश्चय गरेका थियौ कि परमेश्वरको छेउमा तिमी विनम्र र विवेकपूर्ण रहनेछु। परमेश्वरले तिम्रो प्रार्थना सुन्दै आउँनु भएकोछ, तिमी प्रार्थना गरिरहेका छौ, यसैले म तिम्रोमा आएको छु। फारसको राजकुमारले एक्काईस दिनसम्म मेरो विरोध गरिरह्यो। तर अचानक, मिकाएल एकजान प्रमुख राजकुमारले मलाई सहायता गर्न आए, किनकि म फारस देशको राजासँग अलमलिएको थिएँ। म तिमीलाई त्यो बताएर सहायता गर्न आएको छु कि भविष्यमा तिम्रा मानिसहरूमाथि घट्ना घट्नेछ। त्यो दर्शन आउनेवाला समयको विषयमा हो।”