YouVersion लोगो
खोज आइकन

दानिएल 10:11-14

दानिएल 10:11-14 सरल नेपाली

स्‍वर्गदूतले मलाई भने, “ए दानिएल, परमेश्‍वरले तिमीलाई प्रेम गर्नुहुन्‍छ। सिधा भई उभ र मैले के भन्‍न लागेको छु, होशियारसित सुन। म तिमीकहाँ पठाइएको छु।” उनले त्‍यसो भनेपछि म काम्‍दै उभिएँ। त्‍यसपछि उनले भने, “दानिएल, नडराऊ। तिमीले बुझ्‍ने शक्ति पाउन आफैंलाई नम्र तुल्‍याएको पहिलो दिनदेखि नै परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ। म तिम्रो प्रार्थनाको उत्तर दिन आएको छु। फारस देशको शासकले एक्‍काईस दिनसम्‍म मेरो विरोध गर्‍यो। त्‍यसपछि एउटा मुख्‍य स्‍वर्गदूत मिखाएलले मलाई सहायता गर्न आए किनभने म फारस देशमा एक्‍लै छोडिएको थिएँ। अनि भविष्‍यमा तिम्रा जातिका मानिसहरूलाई के हुनेछ सो तिमीलाई बुझाउन म आएको छु। यो ती आउँदा दिनहरूको बारेमा दिइएको दर्शन हो।”

दानिएल 10 पढ्नुहोस्