YouVersion लोगो
खोज आइकन

दानिएल 10:11-14

दानिएल 10:11-14 NNRV

तिनले भने, “दानिएल, तिमी जो अति नै सम्‍मान गरिएका छौ, मैले तिमीलाई भन्‍न लागेका वचनहरूमा राम्रोसँग विचार गर, र खड़ा होऊ, किनभने म तिमीकहाँ पठाइएको छु।” जब तिनले यो मलाई भने, म डरले थरथर काम्‍दै उभिएँ। तिनले भन्‍दैगए, “नडराऊ दानिएल, तिमीले आफ्‍नो मन समझतिर लगाएको र तिम्रा परमेश्‍वरको सामु आफैलाई नम्र तुल्‍याएको पहिलो दिनदेखि नै तिम्रा शब्‍दहरूको सुनुवाइ भएको थियो, र म तिनकै प्रतिउत्तरमा आएको छु। तर फारस राज्‍यका राजकुमारले मलाई एक्‍काईस दिनसम्‍म विरोध गरे। तब प्रधान राजकुमारहरूमध्‍ये एक जना मिखाएल मलाई मदत गर्न आए, किनभने फारसको राजासँग म त्‍यहीँ रोकिएँ। अब म भविष्‍यमा तिम्रा मानिसहरूलाई के हुनेछ भन्‍ने कुरा बुझाउन तिमीकहाँ आएको छु, किनभने दर्शनचाहिँ पछि हुने कुरासँग सम्‍बन्‍धित छ।”