मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गमा खोपिएका थिए। अनि यो परमेश्वरको महिमासँग आयो। मोशाको अनुहार यति उज्यलो भयो कि इस्राएलका मानिसहरूले उनको अनुहार हेर्न सकेनन्। त्यो महिमा पछि लुप्त भयो। पवित्र आत्माको सेवा कसरी अझ वढी महिमामय होला? मेरो भनाइको अर्थ होः व्यवस्थाले मानिसहरूलाई पापको दोष निर्णय गर्यो तर यसले महिमा लियो। त्यसैले जुन सेवाले मानिसहरूलाई धार्मिक बनाउँछ त्यसको अझै बढी महिमा हुँदछ। त्यस प्राचीन सेवाको महिमा अझ बढी थियो। तर जब नयाँ सेवाको महान महिमासँग त्यसलाई दाँजीन्छ, त्यो सेवाको महिमा हराउँछ। त्यो सेवा जुन लुप्त भयो त्यो महिमासँग आएको भए, तब यो सेवा जो सदा-सर्वदा रहनेछ त्यसको अझ विशाल महिमा हुने थियो। हामीसित यो आशा छ, यसैले हामी खुबै साहसी छौं। हामी मोशा जस्ता छैनौं। उनले आफ्ना अनुहारमा घुम्टो हालेका थिए। इस्राएलका मानिसहरूबाट अनुहार लुकाउनु मोशाले आफ्नो अनुहार छोपेका थिए। महिमा अल्पिदैथ्यो अनि मोशा चाहँदैन थिए कि तिनीहरूले त्यसको अन्त्य देखुन्।
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 3:7-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू