YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 3:7-13

२ कोरिन्थी 3:7-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर मृत्‍यु ल्‍याउने व्‍यवस्‍थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए। त्‍यो व्‍यवस्‍था यस्‍तो महिमामय भएर आयो, कि त्‍यसको तेजले गर्दा इस्राएलीहरूले मोशाको अनुहार हेर्न सकेनन्, यद्यपि त्‍यो तेज हराउँदै जाँदैथियो। पवित्र आत्‍माको सेवा कसरी अझ बढ़ी महिमामय नहोला? किनभने दोषी ठहराउने व्‍यवस्‍था महिमामय थियो भने, धर्मी ठहराउने सेवा ज्‍यादै बढ़ी महिमामय हुन्‍छ। किनभने जो एक पल्‍ट महिमामय थियो, अहिले त्‍यसलाई उछिन्‍ने महिमाले गर्दा अब त्‍यो महिमामय रहेन। किनकि जो बितेर गयो त्‍यो महिमासाथ आएको थियो भने, स्‍थायी रहनेचाहिँ अझ बढ़ी महिमापूर्ण हुनुपर्छ। यसकारण हाम्रो यस्‍तो आशा भएकोले हामी अत्‍यन्‍तै साहसी भएका छौं। हामी मोशाजस्‍तै होइनौं, जसले उनको धमिलिँदैगएको महिमाको अन्‍तिम झलक इस्राएलीहरूले नदेखून्‌ भनेर आफ्‍नो अनुहारमा घुम्‍टो हाल्‍ने गर्थे।

शेयर गर्नुहोस्
२ कोरिन्थी 3 पढ्नुहोस्

२ कोरिन्थी 3:7-13 नेपाली समकालीन संस्करण (NCV)

अब यदि ढुङ्गामा खोपिएका अक्षरहरूको सेवाले मृत्यु ल्यायो, अनि त्यो महिमासाथ आयो, त्यही महिमाको कारण इस्राएलीहरूले मोशाको चम्किलो अनुहार सीधै हेर्न सकेनन्; यद्यपि त्यो हराएर जाने महिमाको चमक थियो भने, के आत्माको जीवन दिने सेवा अझ महिमामय हुनेछैन र? मानिसहरूलाई दोषी ठहराउने त्यो नियमको सेवा महिमामय थियो भने धार्मिकता ल्याउने सेवा झन् कति बढी महिमामय छ! तर एकपटक जे महिमामय थियो, त्यसको तुलना वर्तमान महिमासित गर्दा अब त्यसको केही महिमा छैन। अनि यदि बितेर जाने महिमासाथ आए भने, सधैं रहिरहनेचाहिँको महिमा कति महान् होला! यसकारण हामीसित यस्तो आशा भएकोले अत्यन्त साहसी भएका छौं। हामी मोशाजस्ता होइनौं, जसले धमिलिँदै गएको महिमा इस्राएलीहरूले नदेखून् भनी आफ्नो अनुहारमा घुम्टो हाल्थे।

शेयर गर्नुहोस्
२ कोरिन्थी 3 पढ्नुहोस्

२ कोरिन्थी 3:7-13 पवित्र बाइबल (NERV)

मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गमा खोपिएका थिए। अनि यो परमेश्वरको महिमासँग आयो। मोशाको अनुहार यति उज्यलो भयो कि इस्राएलका मानिसहरूले उनको अनुहार हेर्न सकेनन्। त्यो महिमा पछि लुप्त भयो। पवित्र आत्माको सेवा कसरी अझ वढी महिमामय होला? मेरो भनाइको अर्थ होः व्यवस्थाले मानिसहरूलाई पापको दोष निर्णय गर्यो तर यसले महिमा लियो। त्यसैले जुन सेवाले मानिसहरूलाई धार्मिक बनाउँछ त्यसको अझै बढी महिमा हुँदछ। त्यस प्राचीन सेवाको महिमा अझ बढी थियो। तर जब नयाँ सेवाको महान महिमासँग त्यसलाई दाँजीन्छ, त्यो सेवाको महिमा हराउँछ। त्यो सेवा जुन लुप्त भयो त्यो महिमासँग आएको भए, तब यो सेवा जो सदा-सर्वदा रहनेछ त्यसको अझ विशाल महिमा हुने थियो। हामीसित यो आशा छ, यसैले हामी खुबै साहसी छौं। हामी मोशा जस्ता छैनौं। उनले आफ्ना अनुहारमा घुम्टो हालेका थिए। इस्राएलका मानिसहरूबाट अनुहार लुकाउनु मोशाले आफ्नो अनुहार छोपेका थिए। महिमा अल्पिदैथ्यो अनि मोशा चाहँदैन थिए कि तिनीहरूले त्यसको अन्त्य देखुन्।

शेयर गर्नुहोस्
२ कोरिन्थी 3 पढ्नुहोस्

२ कोरिन्थी 3:7-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ढुङ्गाको पाटीमा व्यवस्था खोपेर दिएको बेलामा परमेश्‍वरको ठूलो तेज देखा पर्‍यो। त्‍यही तेज मोशाको चेहरामा परेको थियो। पछि धेरै बढेर जाँदा इस्राएलका मानिसहरूले उनलाई सीधा हेर्न पनि सकेनन्। मृत्‍यु ल्‍याउने व्यवस्था पाउँदा त यस्‍तो चमक थियो भने पवित्र आत्‍माले ल्‍याउने सेवाको चमक झन् कति तेजिलो होला। मानिसलाई दोषी ठहराउने काम त त्‍यति धेरै चहकिलो थियो भने झन् मानिसलाई नै निर्दोष ठहराउने काम कति धेरै चहकिलो होला? यो ज्‍यादै उज्‍यालो चमकले गर्दा पहिलेको त्‍यो चमक त्‍यसै बिलाएर गयो। एक छिन रहनेमा त यस्‍तो चमक थियो भने झन् सधैँभरि रहिरहनेमा कति धेरै चमक रहला? यसरी हामीमा यो आशा भएकोले हामी ज्‍यादै साहसी भएका छौं। हामी त मोशाजस्‍ता होइनौं, जसले आफ्‍नो अनुहारबाट घट्दैगएको चमकको अन्‍त्‍य इस्राएलीहरूले नदेखून् भनी आफ्‍नो मुखमा घुम्‍टो हालेका थिए।

शेयर गर्नुहोस्
२ कोरिन्थी 3 पढ्नुहोस्