YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 3:7-13

२ कोरिन्थी 3:7-13 सरल नेपाली

ढुङ्गाको पाटीमा व्यवस्था खोपेर दिएको बेलामा परमेश्‍वरको ठूलो तेज देखा पर्‍यो। त्‍यही तेज मोशाको चेहरामा परेको थियो। पछि धेरै बढेर जाँदा इस्राएलका मानिसहरूले उनलाई सीधा हेर्न पनि सकेनन्। मृत्‍यु ल्‍याउने व्यवस्था पाउँदा त यस्‍तो चमक थियो भने पवित्र आत्‍माले ल्‍याउने सेवाको चमक झन् कति तेजिलो होला। मानिसलाई दोषी ठहराउने काम त त्‍यति धेरै चहकिलो थियो भने झन् मानिसलाई नै निर्दोष ठहराउने काम कति धेरै चहकिलो होला? यो ज्‍यादै उज्‍यालो चमकले गर्दा पहिलेको त्‍यो चमक त्‍यसै बिलाएर गयो। एक छिन रहनेमा त यस्‍तो चमक थियो भने झन् सधैँभरि रहिरहनेमा कति धेरै चमक रहला? यसरी हामीमा यो आशा भएकोले हामी ज्‍यादै साहसी भएका छौं। हामी त मोशाजस्‍ता होइनौं, जसले आफ्‍नो अनुहारबाट घट्दैगएको चमकको अन्‍त्‍य इस्राएलीहरूले नदेखून् भनी आफ्‍नो मुखमा घुम्‍टो हालेका थिए।

२ कोरिन्थी 3 पढ्नुहोस्