धेरै समयसम्म इस्राएल सत्य परमेश्वर बिहीन थियो। अनि तिनीहरू शिक्षा दिने पूजाहारी बिहीन र नियम बिहीन थिए। तर जब इस्राएलका मानिसहरूले दुःख पाए, तिनीहरू फेरि परमप्रभु परमेश्वर तर्फ फर्किए। उहाँ इस्राएलका परमेश्वर हुनु हुन्छ। तिनीहरूले परमप्रभुलाई खोजे अनि उहाँलाई पाए। दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंश पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो।
इतिहासको दोस्रो पुस्तक 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इतिहासको दोस्रो पुस्तक 15:3-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू