अब, दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, समय र मितिको विषयमा लेख्न कुनै आवश्यकता छैन। तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ। मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं।” तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्। तर तिमी दाज्यू-भाइहरू र दिदी-बहिनीहरू अन्धकारमा छैनौ। त्यसकारण, त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन। तिमीहरू सबै उज्यालो र दिनमा छौ। हामी अन्धकार र रातसित सम्वन्धित छैनौ। यसैले हामी अरू जस्तो हुनु हुँदैन। हामी अरूहरू जस्तो सुतिरहनू हुँदैन, तर जाग्रत र आत्मा नियंन्त्रित हुनुपर्छ। सुत्नेहरू रातमा सुत्छन्, मात्नेहरू रातमा मात्छन्। तर हामी दिनसँग सम्वन्धित छौं, यसकारण हामी आफैंले आफूलाई नियंत्रित राख्नु पर्छ। हामीले आफ्नो रक्षा गर्न कवच जस्तो प्रेम र विश्वास पहिरिनु पर्छ मुक्तिको आशा हाम्रो शिर-रक्षक हुनुपर्छ। परमेश्वर हामीलाई उहाँको रिसको भागी बन्न होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाउनुको निम्ति छानिएका हौ। येशूले हाम्रो निम्ति प्राण दिनु भयो जसमा कि हामी उहाँसितै बस्न सकौं। जब उहाँ आउनुहुन्छ हामी जीवित रहौं कि मृत, यो कुनै महत्वको कुरो होइन। यसकारण एक-अर्कालाई उत्साह देऊ, एक-अर्कालाई बल देऊ। अनि त्यो त तिमीहरू गरिरहेकाछौ।
थिस्सलोनिकीहरूलाई पावलको पहिलो पत्र 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: थिस्सलोनिकीहरूलाई पावलको पहिलो पत्र 5:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू