तर भाइ हो, समय र बेलाको विषयमा तिमीहरूलाई केही लेख्ने आवश्यकता छैन। किनकि तिमीहरू आफै राम्ररी जान्दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ। जब मानिसहरू “शान्ति र सुरक्षा” भनिरहेका हुन्छन्, तब गर्भवती स्त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्। तर भाइ हो, तिमीहरू अन्धकारमा छैनौ, तसर्थ त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्नेछैन। किनकि तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तान हौ। हामी रातका र अन्धकारका सन्तान होइनौं। यसकारण अरूहरूझैँ हामी नसुतौं, तर जागा बसौं, र सचेत होऔं। किनकि सुत्नेहरू रातमा सुत्छन्, र मद्य पिएर मात्नेहरू रातैमा मात्छन्। तर हामीचाहिँ दिनका हुनाले हामी सचेत होऔं, र विश्वास र प्रेमका छातीको पाता र मुक्तिका आशाको टोप लगाऔं। किनकि परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो। उहाँ हाम्रा निम्ति मर्नुभयो, ताकि हामी जागा बसौं वा सुतेका होऔं, हामी सबै उहाँकै साथमा जिउन सकौं। यसकारण एकले-अर्कोलाई प्रोत्साहन देओ, र एकले-अर्कोलाई दह्रिलो पार्ने काम गर, जस्तो तिमीहरू गर्दै पनि छौ।
१ थेसलोनिकी 5 पढ्नुहोस्
सुन्नुहोस् १ थेसलोनिकी 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ थेसलोनिकी 5:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू