दाजुभाइहरू, यी कुराहरू कहिले र कुन बेला हुन्छ भनेर तिमीहरूलाई लेखिरहनुपर्दैन। राती चोर आएझैँ प्रभु आउने दिन पनि आउनेछ। यो तिमीहरूलाई पूरै थाहा छ। मानिसहरूले सबैतिर शान्ति छ, केही गोल-माल छैन भनेर भन्छन्। त्यसै बेला एक्कासि आइमाईलाई व्यथा लागेझैँ आपत् आइलाग्नेछ र तिनीहरू उम्कन पाउनेछैनन्। दाजुभाइहरू, तिमीहरू अन्धकारमा छैनौ। त्यसो हुँदा प्रभु आउने दिन तिमीहरूको लागि चोरझैँ अचानक आउनेछैन किनभने तिमीहरू दिन र उज्यालाका सन्तान हौ। हामी रात र अन्धकारका मानिस होइनौं। त्यसकारण अरूले झैँ हामीले सुत्नुहुँदैन, तर चेत राखेर जागा रहिरहनुपर्दछ। सुत्ने मानिस रातमै सुत्छन् अनि जँड्याहा पनि रातमै मात्तिन्छन्। तर हामीहरू त दिनका सन्तान भएका हुनाले हामी होशमा रहिरहौं। हामीले विश्वास र प्रेमको कवच लगाऔं अनि टोपझैँ मुक्तिको आशालाई पहिरिऔं। परमेश्वरले हामीमाथि आफ्नो रिस खन्याउन छान्नुभएको होइन तर प्रभु येशूद्वारा मुक्ति दिन छान्नुभएको हो। उहाँ आउनुहुँदा हामी मरे पनि, बाँचे पनि उहाँसँगै जिउन प्रभु येशू हाम्रो सट्टामा मर्नुभयो। यसैकारण अहिले गरेझैँ तिमीहरूले एक-अर्कालाई उत्साह दिने र बलियो बनाउने काम गर।
१ थेसलोनिकी 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ थेसलोनिकी 5:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू