YouVersion लोगो
खोज आइकन

राजाहरूक पहिल पुस्तक 19:1-8

राजाहरूक पहिल पुस्तक 19:1-8 NERV

राजा आहाबले ईजेबेललाई सबै थोक बताए जो एलियाले गरे। आहाबले उनलाई कसरी एलियाले तरवारले सबै अगमवक्ताहरूलाई मारेको बताए। यसकारण इजेबेलले एलिया समक्ष एकजना दूत पठाइन्। ईजेबेलले भनिन, “म कसम खान्छु भोलि यस बेलाको पहिले म तिमीलाई त्यसरी नै मार्नेछु जसरी तिमीले ती अगमवक्ताहरूलाई मार्यौ। यदि मैले सकिनँ भने तब देवताहरूले मलाई मार्नेछन्।” जब एलियाले यो सुने, उनी डराए। त्यस कारण उनी आफ्नो जीवन बचाउन भागे। उनले आफ्नो सेवक सँगै लगे। तिनीहरू बेर्शेबा, यहूदा गए। एलियाले सेवकलाई बेर्शेबामा छोडे। त्यसपछि एलिया दिनभरि नै मरुभूमिमा हिंडे। एलिया एउटा पोथ्राको तल बसे। उनले मर्न चाहे। एलियाले भने, “परमप्रभु, मैले धेरै गरें! मलाई मर्न दिनुहोस्। म मेरा पुर्खाहरू भन्दा राम्रो छुईंन।” तब एलिया रूखको तल सुते अनि निदाए। एउटा स्वर्गदूत एलिया कहाँ आए अनि उनलाई छोए। स्वर्गदूतले भने, “उठ! खाऊ!” एलियाले आफ्नो छेवैमा कोइलामा पकाएको केक र एउटा ढुंग्रोमा पानी देखे। एलियाले खाई-पिई गरेर तब तिनी फेरि सुते! त्यसपछि परमप्रभुका स्वर्गदूत उनीकहाँ फेरि आए। स्वर्गदूतले भने, “उठ! खाऊ! यदि तिमीले खाएनौ भने लामो यात्रा गर्नका लागि तिमी बलियो हुँदैनौ।” यसकारण एलिया उठे। उनले खाए अनि पिए। खाद्यले एलियालाई चालीस दिन र चालीस रात होरेब पुगुन्जेल हिँड्नु पर्याप्त बलियो बनायो, परमेश्वरको पर्वत होरेबतिर हिंडेर गए।