एलियाले गरेका सबै काम उनले कसरी बालका सबै अगमवक्ताहरूलाई मारेका थिए, ती सबै कुरा आहाब राजाले आफ्नी रानी ईजेबेललाई सुनाए। रानीले एलियालाई एउटा खबर पठाइन्, “तिमीले मेरा अगमवक्ताहरूलाई जे गर्यौ, त्यही मैले तिमीलाई भोलि यही समयसम्ममा गर्न सकिनँ भने देवताहरूले मलाई मारून्।” एलिया डराए र प्राण जोगाउन भागे। आफ्नो चाकरसँग उनी यहूदाको बेर्शेबामा गए। चाकरलाई त्यहीं छोडिराखेर एलिया दिनभरि हिंडेर उजाड-स्थानभित्र गए। त्यहाँ पुगी उनी अडिए, एउटा रूखको छायामुनि बसे र म मरे पनि हुन्थ्यो भनी सोच्न लागे। “अति भो, परमप्रभु, मेरो प्राण लिनुहोस्, म मर्नु नै असल हुन्छ,” उनले प्रार्थना गरे!” त्यही रूखमुनि उनी ढल्के र निदाए। अचानक एउटा स्वर्गदूतले उनलाई छोएर भने, “उठ र खाऊ।” उनले चारैपट्टि हेरे र आफ्नो शिरनिर एउटा रोटी र एक सुराही पानी देखे। उनले खाए, पिए र फेरि सुते। परमप्रभुको दूत फेरि फर्किआए र दोस्रो पल्ट उनलाई यसो भन्दै उठाए, “उठेर खाऊ नत्र तिमीलाई यात्रा गर्न कठिन पर्नेछ।” एलिया उठे, खाए, पिए र त्यस भोजनले उनलाई पवित्र पर्वत सीनैसम्म पुग्ने र त्यसको लागि चालीस दिन र चालीस रात हिंड्ने बल दियो।
१ राजा 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 19:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू