म सुसमाचार प्रचार गर्छु तर प्रचार मेरो गर्वको आधार होइन। यो त मेरो कर्त्तव्य नै हो मैले गर्नै पर्छ। मेरो लागि दुःखको कुरो हो यदि मैले सुसमाचार प्रचार गरिन भने। यदि मैले आफ्नै खुशीले सुसमाचार प्रचार गरें भने म केही इनाम पाउनु सक्छु। तर मेरो कुनै चयन छैन। मैले सुसमाचार प्रचार गर्नै परेको छ। जब ममाथि यो काम सुम्पिइएको छ, म मेरो काम गरिरहेको छु। यस्तो हुनाले म के इनाम पाउँछु र? मेरो इनाम त यही होः विना मूल्य सुसमाचार प्रचार गर्नु। यसरी सुसमाचार प्रचारमा जो अधिकार दिइन्छ कुनै पनि म उपयोग गर्दिन। म स्वतन्त्र छु। म कसैको होइन। तर जति सक्दो सम्भव छ अधिक मानिसलाई बचाउनलाई सहायता गर्नु मैले आफूलाई सबैको दास बनाएको छु। यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफैं कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ। ती जो नियमको अधिनमा छैनन तिनीहरूलाई बचाउनु म पनि नियमको अधिनमा नभएको जस्तो भएँ। वास्तवमा परमेश्वरको नियमबाट म स्वतन्त्र छैन। म ख्रीष्टको नियमको अधीनमा छु। कमजोर मानिसहरूको लागि म कमजोरै भइदिएँ जसमा कि म तिनीहरूलाई सहायता गर्नु सकूँ। म सबै किसिमका मानिसहरूको निम्ति सबै थोक भएको छु ताकि कुनै न कुनै तरहले मानिसलाई बचाउनु सकूँ। सुसमाचारकै कारणले म यी सब चीज गर्छु ताकि सुसमाचराको आशिषमा सहभागी बन्न सकुँ।
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 9:16-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू