YouVersion लोगो
खोज आइकन

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 7:1-9

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 7:1-9 NERV

अब तिमीहरूलाई मलाई लेखेका कुराहरूको विषयमा म चर्चा गर्दछु। लोग्ने मानिसले विवाह नगरेको असल हो। तर यौन अपराधको कारणले, प्रत्येक पुरुषको आफ्नो पत्नी हुनु पर्छ अनि प्रत्येक स्त्रीको आफ्नो पति हुनु पर्छ। पतिले आफ्नी पत्नीलाई सब थोकहरू देओस् जुन एउटी पत्नीले पाउनु पर्छ र पत्नीले पनि आफ्ना पतिलाई सब कुरा देओस्, जुन एउटा पतिले पाउनु पर्छ। आफ्नो शरीरमाथि पत्नीको कुनै अधिकार रहँदैन। उसको शरीरमाथि उसको पतिको अधिकार रहन्छ। एकार्काको शरीरलाई अस्वीकार नगर। तर तिमीहरू दुवै केही समयको निम्ति यौन-सम्बनधबाट अलग बस्न सहमत हौ। तिमीहरूले प्रार्थनाको लागि यसो गर्नु सक्छौं अनि तब फेरि एक साथ होऊ। यसो गरेमा शैतानले तिम्रो कमजोरीद्वारा आर्कषण गराउन सक्तैन। केही समयको निम्ति अलग रहनु भनेर म अनुमतिको रूपमा भन्दैछु। यसलाई आज्ञा नमान। म त चाहन्छु सबै म जस्तै होऊन् तर प्रत्येक मानिसले परमेश्वरबाट आफ्नो निम्ति वरदान पाएको छ। एक जनाले एक किसिमको वरदान पाए को छ भने अर्कोले अर्कै किसिमको। अब विवाह नगरेकाहरूलाई र विधवाहरूलाई म भन्छुः उनीहरूको लागि म जस्तै एकलो बस्नु राम्रो हो। तर उनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने, विवाह गरून्। यौन इच्छाले जल्नु भन्दा विवाह गर्नु असल हो।