अब म तिमीहरूले लेखेका कुराको बारेमा भन्दछु। मानिस बिहे नगरी बस्छ भने राम्रो हो। तर व्यभिचारमा नपरून् भनेर सबैले बिहे गरून्। प्रत्येक स्वास्नी-मान्छेको आफ्नो लोग्ने होस् अनि प्रत्येक लोग्ने मान्छेको पनि आफ्नी स्वास्नी होस्। पुरुषले लोग्नेको कर्तव्य पूरा गरोस्। स्त्रीले पनि स्वास्नीको कर्तव्य पूरा गरोस् र दुवैले एक-अर्काको खाँचो पूरा गरून्। स्वास्नीको शरीर स्वास्नीको होइन, लोग्नेको हो। त्यसै गरी लोग्नेको शरीर लोग्नेको होइन, स्वास्नीको हो। एक-अर्कालाई इन्कार नगर। केही समयका लागि सल्लाह गरेर प्रार्थना गर्न अलग बसे पनि अरू बेलाचाहिँ सँगै होऊ। नत्रता तिमीहरूले मन थाम्न नसके शैतानले फसाउने मौका पाउनेछ। म यो कुरा आज्ञा दिएर त होइनँ तर छुट दिएर भन्दै छु। हुन त सबै मजस्तै भएकै राम्रो हुन्थ्यो, सबैले परमेश्वरबाट भिन्दाभिन्दै वरदान पाएका छन्। एउटासँग एक किसिमको वरदान छ भने अर्कोसँग अर्कै किसिमको छ। अब म बिहे नभएकाहरू र विधवाहरूलाई भन्दै छु। तिमीहरूले बिहे नगरीकन मजस्तै बस्नु राम्रो हो। तर तिमीहरू मन थाम्न सक्दैनौ भने बिहे गर। तिर्सनाले जल्नुभन्दा बिहे गर्नु राम्रो हो।
१ कोरिन्थी 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 7:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू