तिमीहरू भन्छौ, “सबै कुरामा अनुमति छ।” तर सबै कुरा हाम्रो निम्ति राम्रो छैन्। “सबै कुरामा अनुमति छ।” तर ती कुराहरूले सबैलाई बलियो बनाउँदैन। तिम्रो आफ्नो मात्र काम गर्ने कोशिश नगर। अरू मानिसको लागि भलो हुने काममा पनि कोशिश गर्नु पर्छ। मासु पसलमा के बेचिन्छ? विवेकको खातिर केही सोधपुछ नगरी त्यो खाओ। तिमीले त्यो खान सक्छौ “किन कि यो पृथ्वी र यसको हर चीज प्रभुकै हो।” यदि कुनै विश्वास नगर्ने मानिसले तिमीलाई उसित भोजन गर्न बोलाउला अनि तिमी जान चाहन्छौ भने तिम्रो अघिल्तिर जे राखिन्छ खाऊ। खानु उचित छ अथवा छैन भन्ने प्रश्न नगर। तर कसैले “त्यो मासु त मूर्तिमा बलि पो चढाएको थियो” भनेछ भने त्यो नखाऊ, जुन मानिसले तिमीलाई भन्यो कि त्यो मासु मूर्तिमा चढाएको थियो, उसका निम्ति अनि ती मानिसहरूका निम्ति जसले त्यस्तो मासु खानु अनुचित मान्छन्। तिमीले नै त्यो अनुचित ठानौला भन्ने मलाई लाग्दैन। तर अरूले त्यो अनुचित हो भनी ठान्न सक्छ। त्यही एउटा कारणले म त्यो मासु खाँदिन। अर्को मानिसको सोचाईको आधारमा म मेरो स्वतन्त्रतालाई विचार गर्न दिंदिन। यदि म कृतज्ञतापूर्वक भोजन खाँदछु, म किन केही चीजको लागि परमेश्वरलाई धन्यवाद दिंदा किन मेरा निन्दा हुने? यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर।
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 10:23-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू