YouVersion लोगो
खोज आइकन

इतिहासको पहिलो पुस्तक 29:8-13

इतिहासको पहिलो पुस्तक 29:8-13 NERV

मानिसहरू जोसित मूल्यवान रत्नहरू थिए ती परमप्रभुको मन्दिरको निम्ति अर्पण गरे। यहीएलले ती मूल्यवान रत्नहरूको हेरचाह गरे। यहीएल गेर्शोन परिवारका थिए। मानिसहरू अति आनन्दित थिए किनभने तिनीहरूले राजीखुसीसित दिएका थिए। अगुवाहरूले खुला हृदयले स्वतन्त्रता पूर्वक अर्पण गरेकाथिए र तिनीहरू आनन्दित थिए। राजा दाऊद पनि अत्यन्तै आनन्दित थिए। त्यस पछि दाऊदले सबै मानिसहरूलाई परमप्रभुको प्रशंसा गर्न भेला गराएका थिए। दाऊदले भनेः “परमप्रभु इस्राएलका परमेश्वर, हे हाम्रा पिता, सदा सर्वदाका निम्ति तपाईको प्रशंसा होईरहोस्। महानता, शक्ति गौरव, विजय अनि सम्मान तपाई कै हुन। किनभने पृथ्वी अनि स्वर्गका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्य तपाईकै हो तपाईं शिर हुनुहुन्छ, हरेक बस्तु माथि शासक हुनुहुन्छ। धन अनि सम्मान तपाई बाट नै आउँछन्। तपाई सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम अनि शक्ति तपाईकै हातमा छन्। अनि कसैलाई पनि महान अनि शक्तिशाली बनाउने शक्ति तपाईकै हातमा छन्। यसकारण अब हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं, अनि हामी तपाईको महिमित नाउँको प्रशंसा गर्छौं।