YouVersion लोगो
खोज आइकन

१ इतिहास 29:8-13

१ इतिहास 29:8-13 NNRV

त्‍यसबाहेक जस-जसकहाँ दामी-दामी रत्‍नहरू थिए, तिनीहरूले ती गेर्शोनी यहीएलको जिम्‍मामा परमप्रभुको मन्‍दिरका भण्‍डारको निम्‍ति दिए। मानिसहरूले आफ्‍ना अगुवाहरूले यसरी राजीखुशीसित दिएकामा आनन्‍द मनाए, किनकि तिनीहरूले आफ्‍ना हृदयको भक्तिसाथ परमप्रभुको निम्‍ति राजीखुशीसित ती दिएका थिए। दाऊद राजा पनि साह्रै आनन्‍दित भए। दाऊदले सबै समुदायको उपस्‍थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे: “हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वर, सनातनदेखि सनातनसम्‍म तपाईंको प्रशंसा होस्‌। हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्‍वर्य तपाईंकै हुन्, किनकि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌। हे परमप्रभु, राज्‍य तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोच्‍च हुनुहुन्‍छ। धन र मान तपाईंबाट नै आउँछन्‌। तपाईं नै सबैमाथि शासन गर्नुहुन्‍छ। पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्, सबैलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌। अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं।