तब, राजा दाऊद पवित्र पालमा गए र परमप्रभु समक्ष बसे। दाऊदले भने, “हे परमप्रभु परमेश्वर तपाईले मेरा निम्ति अनि मेरा परिवारका निम्ति यति बिघ्न वास्ता गरिदिनु भयो। म यो किन बुझ्दिनँ? यिनीहरू बाहेक तपाईंले मलाई जान्न दिनु भयो कि भविष्यमा मेरा परिवारको भाग्य के हुन्छ भनि। तपाईले मलाई सधैँ एउटा अनि प्रसिद्ध व्यक्तिलाई जस्तै व्यवहार गर्नुभयो। यो भन्दा धेरै म के भन्न सक्छु र? तपाईले मेरो निम्ति यति धेरै गरिदिनु भयो। अनि म तपाईको मात्र दास हुँ। तपाईंले मलाई जान्नुहुन्छ। हे परमप्रभु, तपाईंले मेरा निम्ति यो अद्भुत कार्य गरिदिनु भयो। तपाईले यसो गर्नुभयो किनभने तपाई यो चाहनु हुन्थ्यो। हे परमप्रभु तपाई जस्तो अन्य कोही हुने छैन। तपाई बाहेक अन्य ईश्वर छैन। हामीले कहिले पनि कुनै ईश्वरले यस्तो महान कार्य गरेको सुनेका छैनौ। इस्राएल जस्तै अन्य कुनै राष्ट्र छ? छैन। पृथ्वीमा इस्राएल मात्र यस्तो राष्ट्र हो जसको निम्ति तपाईंले यस्ता महान कार्यहरू गर्नु भयो। हामीलाई मिश्रदेश बाहिर निकाल्नुभयो अनि तपाईले हामीलाई स्वतन्त्र बनाउनु भयो। तपाईले आफैं स्वयंलाई प्रसिद्ध तुल्याउनु भयो। तपाईले तपाईका मानिसहरूका अघि जानु भयो अनि अन्य मानिसहरूलाई हाम्रो निम्ति तिनीहरूको देश छोड्न बाध्य तुल्याउनु भयो। तपाईंले तपाईका इस्राएली मानिसहरूलाई सदा-सर्वदा तपाईंको बनाउनुभयो। अनि तपाई परमप्रभु तिनीहरूको परमेश्वर बन्नु भयो। “त्यसैकारण परमप्रभु तपाईले म अनि मेरो सन्तानहरूको विषयमा के भन्नुभयो यो सदा-सर्वदा सत्य रहोस्। तपाईले के भन्नुभयो त्यो गर्नुहोस् तपाईले गर्नु हुनेछ। तपाईंका वचन राख्नुहोस् जसद्वारा मानिसहरूले सदैव तपाईको नाउँको सम्मान गर्नेछन्। तब मानिसहरूले भन्ने छन्, ‘सर्व-शक्तिमान परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ।’ अनि दाऊद तपाईंको दासको साम्राज्य तपाईंको सामुन्ने स्थापित होस्। “तपाईं आफैंले मलाई प्रकट गर्नु भएकोछ। त्यो तपाईंले मेरो परिवारलाई, राजाहरूको परिवार बनाउँनु हुनेछ। त्यसै कराण म निर्धक्क साथ तपाईलाई दयाहरू मागिरहेछु। यसकरण अब मेरो परमप्रभु, तपाई नै परमेश्वर हुनुहुन्छ। परमेश्वर तपाई स्वयंले मेरा निम्ति यी असल कुराहरू गरिदिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ। त्यसकारण मेरो परमप्रभुलाई इच्छा भए तपाईंले तपाईंको दासको राजवंशलाई आशिष दिनुहोस् यो तपाईंको उपस्थिमा सदा-सर्वदा लगातार रहनेछ। कारण परमप्रभु तपाईं आफैंले यसलाई आशीर्वाद दिनु भएको छ। अनि तपाईंले जे आशीर्वाद दिनुभयो सदा-सर्वदै आशीष हुनेछ।”
इतिहासको पहिलो पुस्तक 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इतिहासको पहिलो पुस्तक 17:16-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू