YouVersion लोगो
खोज आइकन

जकरिया 4:1-6

जकरिया 4:1-6 सरल नेपाली

मसित बोलिरहेका स्‍वर्गदूत फेरि आए र मलाई निद्रामा परेको मानिसलाई झैँ जगाए। “तिमीले के देख्‍दै छौ?” तिनले सोधे। मैले जवाफ दिएँ, “एउटा सुनको पानस, टुप्‍पोमा तेल राख्‍ने एउटा ठूलो कचौरा छ। पानसमा सात वटा दियोहरू छन् र प्रत्‍येक दियोमा सलेदो राख्‍ने सात-सात वटा पात्रहरू छन्। पानसका छेउमा दुईपट्टि एक-एक वटा जैतुनका बोट छन्।” तब मैले स्‍वर्गदूतलाई सोधें, “प्रभु, यी सबै थोकको अर्थ के हो?” “के तिमी जान्‍दैनौ?” उनले सोधे। “जान्‍दिनँ, प्रभु!” मैले उत्तर दिएँ। त्‍यसपछि स्‍वर्गदूतले मलाई यो सन्‍देश यरुबाबेललाई दिन आदेश दिए, “तेरो सैनिक शक्ति वा तेरो आफ्‍नो पाखुराका बलले होइन तर मेरो आत्‍माले तँ सफल हुनेछस्।

जकरिया 4 पढ्नुहोस्