YouVersion लोगो
खोज आइकन

जकरिया 1:7-17

जकरिया 1:7-17 सरल नेपाली

दारा महाराजा भएको दोस्रो वर्ष, त्‍यसको एघारौँ महिना (शबाथ महिना) को चौबीसौँ दिन परमप्रभुले मलाई राती दर्शनमा एउटा सन्‍देश दिनुभयो। मैले एक जना मानिस रातो घोडामा चढेको देखें। उनी एउटा बेसीमा मेहदीको बोटहरूको बीचमा अडिएका थिए। तिनका पछिल्‍तिर राता, खैरा र सेता घोडाहरू थिए। तिनलाई मैले सोधें, प्रभु, “यी घोडाहरूका अर्थ के हुन्?” मसँग बोल्‍ने स्‍वर्गदूतले जवाफ दिए, “त्‍यो म तिमीलाई बताइदिनेछु। यी घोडाहरूलाई परमप्रभुले पृथ्‍वीमा गएर के-के हुँदै छ, सो हेर्न पठाउनु भएको हो भनी मेहदीका बोटहरूबीच उभेका ती मानिसले भने। तब तिनीहरूले परमप्रभुको स्‍वर्गदूतलाई यस्‍तो बयान दिए, “हामीले सारा पृथ्‍वी फेरो लाएर हेर्‍यौं। सारा संसार शान्‍त र चुपचाप छ।” तब ती स्‍वर्गदूतले भने, “हे सर्वशक्तिमान् परमप्रभु, सत्तरी वर्षसम्‍म तपाईं यरूशलेम र यहूदाका अरू सहरहरूसँग रिसाउनुभएको छ। अरू कति दिनसम्‍म तपाईंले तिनीहरूमाथि दया देखाउनुहुन्‍न?” तब परमप्रभुले मसँग कुरा गर्ने स्‍वर्गदूतलाई दया र सान्‍त्‍वनाका कुराहरू भन्‍नुभयो र तिनै र्स्‍वगदूतले मलाई सर्वशक्तिमान् परमप्रभुका यी वचन घोषणा गर्ने आदेश दिए, “मेरो पवित्र सहर यरूशलेमको निम्‍ति मेरो गहिरो माया र वास्‍ता छ अनि शान्‍ति र मेल-मिलापको आनन्‍द पाएका जातिहरूमाथि मेरो ठूलो क्रोध छ किनभने मैले आफ्‍नो प्रजामाथि आफ्‍नो रिस रोकिराखेको बेलामा ती जातिहरूले मेरा मानिसहरूको विपत्ति अझ धेरै बढाइदिए। यसकारण मेरो दया देखाउनलाई म यरूशलेममा फर्की आएको छु। मेरो मन्‍दिर फेरि बनाइने र यो सहर फेरि नयाँ गरी बसालिनेछ।” स्‍वर्गदूतले मलाई यो कुरो पनि घोषणा गर्न अह्राए, “सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ कि उहाँका सहरहरूको फेरि उन्‍नति हुनेछ र उहाँले फेरि यरूशलेमलाई सहायता गर्नुहुनेछ र त्‍यसलाई आफ्‍नो सहर बनाउनुहुनेछ।”

जकरिया 1 पढ्नुहोस्