YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 3:6-10

श्रेष्‍ठगीत 3:6-10 सरल नेपाली

व्‍यापारीहरूले बेचेका धूपझैँ धूप र मूर्रका सुगन्‍धले भरिएको मरु-भूमिबाट आउने यो धुवाँको मुस्‍लोजस्‍तो के हो? राजाका पालकीमा चढेका सोलोमन आउँदै छन्, साठी जना इस्राएलका सबैभन्दा असल योद्धाहरूका अङ्ग-रक्षकको झुण्‍ड उनीसित आएका छन्। तिनीहरू सबै तरवार चलाउन सिपालु छन्, लडाइँमा परिपक्‍व भएका लडाकाहरू हुन्। हरेकको हातमा तरवार छ र राती हमला हुन्‍छ कि भनी पहरा दिंदै छन्। सोलोमन राजाले लेबनानको काठले आफ्‍नो पालकी बनाएका हुन्। पालकीका खम्‍बाहरू चाँदीले मोहोरेका छन् र अडेस लाग्‍ने ठाउँ सुनले बनिएको छ। त्‍यसका बस्‍ने आसन यरूशलेमका स्‍त्रीहरूले प्रेमसाथ बुनेका बैजनी लुगाले ढाकिएको छ।