YouVersion लोगो
खोज आइकन

श्रेष्‍ठगीत 3:6-10

श्रेष्‍ठगीत 3:6-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

व्‍यापारीका सबै मसलाहरूबाट बनिएको मूर्र र धूपले सुगन्‍धित भएर, उजाड़-स्‍थानबाट धूवाँको मुस्‍लाजस्‍तै, माथि आउँदै गरेका यिनी को हुन्‌? हेर त! यो त सोलोमनको सवारी पालकी हो, यसलाई इस्राएलका सुयोग्‍य साठी जना योद्धाहरूले सुरक्षा गरी लिइ हिँड़ेका छन्, सबैले तरवार भिरेका छन्, युद्धमा ती निपुण हुन्, तिनका तरवार छेउमा छन्, रात्रिको त्रासलाई सामना गर्न। राजा सोलोमनले आफ्‍नै निम्‍ति बनाउनुभएको पालकी लेबनानबाट झिकाइएका काठबाट बनाइएको हो। उहाँले यसका डन्‍डा चाँदी र आधार सुनले बनाउनुभयो। यसको बस्‍ने आसन बैजनी वस्‍त्रले ढाकियो, र यसको भित्री भाग यरूशलेमका छोरीहरूले अति राम्ररी जड़ियो।

श्रेष्‍ठगीत 3:6-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

व्यापारीहरूका सबै मसलाहरूबाट बनिएका धूप र मूर्रको सुगन्धले धुवाँको मुस्लोजस्तै, उजाडस्थानबाट माथि आइरहेका को हुन्? हेर, सोलोमनको सवारी पालकी; इस्राएलका सुयोग्य, साठी जना योद्धाहरूको सुरक्षामा आइरहेका छन्। तिनीहरू सबैले तरवार भिरेका छन्, सबै जना युद्धकलामा पोख्त छन्; रातको हरेक खतरादेखि बचाउन, हरेकले आफ्ना कम्मरमा तरवार भिरेका छन्। सोलोमन राजाले आफ्नो निम्ति त्यो पालकी बनाएका हुन्; त्यो लेबनानको काठले बनिएको छ। त्यसका डण्डाहरू चाँदीले, र आधार सुनले बनिएका छन्। त्यसको आसन बैजनी लुगाले सजाइएको छ। अनि भित्री भागमा चाहिँ प्रेमसाथ यरूशलेमका छोरीहरूले बुट्टा भरेका छन्।

श्रेष्‍ठगीत 3:6-10 पवित्र बाइबल (NERV)

यी नारी को हुन् जो धेरै मानिसहरू सित, मरुभूमिबाट आइरहेकी छिन्? तिनीहरूको पछि यस्तो धूलो निस्कँदैछ, मानौं कि त्यो धूवाँको बादल हो, जुन धूवाँ बल्दै गरेको सुगन्धित रस, धूप, अथवा सुगन्धित मसला बाट निस्कन्छ। सुलेमानको सवारी हेर! इस्राएलका साठ्ठी जना बलिया बलिया सैनिकहरूले त्यो पालकी रक्षा गरिरहेका छन्। तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्, रातमा आईपर्ने कुनै पनि विपत्तीको सामना गर्न तिनीहरू तत्पर छन्। राजा सुलेमानले आफ्नो निम्ति यात्रा गर्ने पालकी बनाए। तिनको पालकीको काठ लेवनानबाट ल्याइएको हो। त्यसका खम्बाहरू चाँदीले बनिएको छ, आधारहरू सुनको बनाएका छन् आसन बैजनी रंगका लुगाले ढाकिएको छ। त्यो यरूशलेमकी स्त्रीहरूको प्रेमले बुनिएको हो।

श्रेष्‍ठगीत 3:6-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

व्‍यापारीहरूले बेचेका धूपझैँ धूप र मूर्रका सुगन्‍धले भरिएको मरु-भूमिबाट आउने यो धुवाँको मुस्‍लोजस्‍तो के हो? राजाका पालकीमा चढेका सोलोमन आउँदै छन्, साठी जना इस्राएलका सबैभन्दा असल योद्धाहरूका अङ्ग-रक्षकको झुण्‍ड उनीसित आएका छन्। तिनीहरू सबै तरवार चलाउन सिपालु छन्, लडाइँमा परिपक्‍व भएका लडाकाहरू हुन्। हरेकको हातमा तरवार छ र राती हमला हुन्‍छ कि भनी पहरा दिंदै छन्। सोलोमन राजाले लेबनानको काठले आफ्‍नो पालकी बनाएका हुन्। पालकीका खम्‍बाहरू चाँदीले मोहोरेका छन् र अडेस लाग्‍ने ठाउँ सुनले बनिएको छ। त्‍यसका बस्‍ने आसन यरूशलेमका स्‍त्रीहरूले प्रेमसाथ बुनेका बैजनी लुगाले ढाकिएको छ।