केही समयपछि नाओमीले रूथलाई भनिन्, “म तिम्रो घरबार गरिदिन तिम्रो निम्ति एउटा लोग्ने खोजिदिन चाहन्छु। बोअज हाम्रा आफ्नै मानिस हुन्। तिमीले उनका स्त्रीहरूसँग काम गर्दैआएकी छौ। अब मेरो कुरा राम्ररी सुन। आज बेलुका उनी जौ कुट्दैगरेको हुनेछन्। तिमी नुहाइ-धुवाइ गर, सुगन्धित तेल लगाई राम्रा लुगा लाऊ र उनले बाली कुटेको ठाउँमा जाऊ। तर उनले खाइ-पिइ गरी नसकुञ्जेल तिमी त्यहाँ छौ भनेर उनले थाहा नपाउन्। उनी कहाँ सुत्छन्, याद गर। निदाएको बेलामा छेउमा गएर उनको खुट्टापट्टि उनकै ओढ्ने ओढेर सुत। तब तिमीले के गर्नुपर्छ, सो उनैले भन्नेछन्।” रूथले भनिन्, “म तपाईंले भनेअनुसार गर्नेछु।” रूथ जौ कुटेको ठाउँमा गइन् र सासूले भनेअनुसार गरिन्, खाइ-पिइ गरिसकेपछि बोअजको मन खुसी भयो। जौ थुपारिराखेको ठाउँमा गएर उनी सुते। रूथ बिस्तारै चाल नपाउने गरी आइन्, ओढ्ने उठाएर त्यसभित्र पसिन् र उनको खुट्टापट्टि सुतिन्। राती अचानक बोअज ब्यूँझिए र पल्टँदा एउटी स्त्री आफ्नो खुट्टाछेउ सुतिरहेकी देखे। “तिमी को हौ”? उनले सोधे। उनले भनिन्, “म रूथ हुँ, हजुर। तपाईं हाम्रा नजिकका आफ्ना मानिस हुनुहुन्छ। मेरो हेरचाह गर्ने जिम्मावारी तपाईंलाई छ। कृपा गरी मलाई विवाह गर्नुहोस्।” “तिमीलाई परमप्रभुले आशिष् देऊन्,” उनले भने, “तिमीले आफ्नी सासूलाई जे-जति गर्यौ, सोभन्दा बढ्ता यस कुरामा तिमीले परिवारप्रति माया र भक्ति देखाएकी छौ। तिमी धनी वा गरीब कुनै केटासँग जान सक्थ्यौ; तर तिमीले सो गरिनौ। रूथ, अब तिमीले फिक्री गर्नुपर्दैन। तिमीले भनेका सबै कुरा म गर्नेछु। सारा सहरले तिमी असल नारी छौ भनी जान्दछ।
रूथ 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रूथ 3:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू