धेरै समयअघि इस्राएल देशमा राजा थिएनन्। त्यति बेला देशमा अनिकाल पर्यो। त्यसो हुँदा एलीमेलेक नामका एक जना मानिस आफ्नी स्वास्नी नाओमी र दुई जना छोरा महलोन र किल्योनलाई लिएर यहूदा देशको बेथलेहेमबाट मोआब देशमा केही समयको लागि बसाइँ सरे। एलीमेलेक एप्राती वंशका थिए। त्यसरी मोआब देशमा बसेका बेलामा एलीमेलेक मरे र नाओमी एक्लै दुई भाइ छोराहरू लिएर बस्न लागिन्। ती दुई भाइहरूले ओर्पा र रूथ नामका मोआबी केटीहरूसित विवाह गरे। त्यसको प्राय: दश वर्षपछि महलोन र किल्योन दुवै मरे। अब नाओमी लोग्ने र छोराहरूबिना एक्लै भइन्। केही समयपछि परमप्रभुले आफ्ना प्रजालाई फेरि आशीर्वाद दिनुभएकोले राम्रो अन्नबाली हुन लागेको छ भनी नाओमीले सुनिन्। तिनी आफ्ना बुहारीहरूसँग मोआब देशबाट स्वदेश फर्कने तरखर गर्न लागिन्। यहूदामा फर्कन तिनीहरू एकसाथ बाटो लागे। बाटोमा तिनले बुहारीहरूलाई भनिन्, “तिमीहरू माइतीघर फर्क र आफ्ना आमाहरूसँग बस। जसरी तिमीहरूले म र मेरा छोराहरूसँग असल व्यवहार गरेका थियौ, त्यसरी नै परमेश्वरले तिमीहरूको भलो गरून्। परमप्रभुले फेरि तिमीहरूलाई लोग्ने र घरबार देऊन्।” तब तिनले ती दुईलाई बिदा गर्दै म्वाइँ खाइन्।
रूथ 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रूथ 1:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू