उहिले नै न्यायकर्ताहरूको शासनकालमा देशमा अनिकाल पर्यो, अनि यहूदाको बेथलेहेमबाट कुनै एक जना मानिस आफ्नी पत्नी र दुई भाइ छोराहरूलाई लिएर मोआबीहरूको देशमा केही समयको लागि बस्नलाई गए। ती मानिसको नाउँ एलीमेलेक थियो। तिनकी पत्नीको नाउँ नाओमी र तिनका दुई छोराहरूका नाउँ महलोन र किल्योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। तिनीहरू मोआबीहरूको देशमा गए, र त्यहीँ बस्न लागे। नाओमीका पति एलीमेलेक मरे, र तिनी आफ्ना दुई छोराहरूसँग छोड़िइन्। यी छोराहरूले मोआबी स्त्रीहरू विवाह गरे। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो। तिनीहरू त्यहाँ प्राय: दश वर्ष बसेपछि दुवै महलोन र किल्योन पनि मरे। यसरी ती स्त्री आफ्ना दुई छोराहरू र आफ्ना पतिबाट पनि बिछोड़ भइन्। परमप्रभुले आफ्ना मानिसहरूको हेरचाह गरेर तिनीहरूलाई भोजन दिनुभएको छ भन्ने कुरा जब तिनले मोआब देशमा सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्यहाँबाट घर फर्कन तयार गर्न लागे। तब आफ्ना दुई बुहारीहरूलाई साथमा लिएर आफू बसेको ठाउँ तिनले छोड़िन्, र आफ्नो घर यहूदाको बाटो लागिन्। तब नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू दुवै आ-आफ्नो माइती घर फर्क। जसरी तिमीहरूले ती मरिसकेकाहरू र मप्रति दयापूर्ण व्यवहार गरेका थियौ, त्यसरी नै परमप्रभुले पनि तिमीहरूप्रति दयापूर्ण व्यवहार गरून्, अनि उहाँले तिमीहरू दुवैलाई तिमीहरूका आ-आफ्ना भविष्यका पतिका घरमा सुरक्षित राखून्।” तब तिनले उनीहरूलाई चुम्बन गरिन्, र तिनीहरू डाँको छोड़ी-छोड़ीकन रोए।
रूथ 1 पढ्नुहोस्
सुन्नुहोस् रूथ 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रूथ 1:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू