YouVersion लोगो
खोज आइकन

रोमी 7:13-25

रोमी 7:13-25 सरल नेपाली

त्‍यसो हुँदा के यस्‍तो असल व्यवस्थाले मलाई नै मार्‍यो त? यसले होइन तर पापले पो मलाई मारेको हो। असल हतियार चलाएर पापले आफ्‍नो साँचो रूप देखाउन मलाई मार्‍यो। यसैकारण व्यवस्थाको हतियार चलाएर पाप अझ डरलाग्‍दो दुष्‍ट भयो। व्यवस्था परमेश्‍वरको आत्‍माले दिनुभएको असल कुरो हो, यो हामीलाई थाहा छ। तर म शारीरिक स्‍वभावअनुसार चल्‍ने र कमारोझैँ पापमा बेचिएको मानिस हुँ। मैले गरेको कुरो किन म गर्दै छु, म आफैं बुझ्‍दिनँ। मैले नचाहेको र घृणा गरेको काम मबाट हुन्‍छ तर मैले चाहेको काम मबाट हुँदैन। यसरी मैले गर्न नचाहेको काम गरें भने म व्यवस्थालाई ठीक छ भनी मान्‍छु। यसकारण अहिले मैले गरेको पाप मैले गरेको होइनँ, यो त मभित्र हुने पापले गरेको हो। कुनै असल कुराले मभित्र बास गर्दैन। मैले भनेको यो मेरो शारीरिक स्‍वभाव हो किनभने असल काम गर्ने इच्‍छा मभित्र हुँदाहुँदै पनि म यो गर्न सक्‍तिनँ। मैले इच्‍छा गरेको असल काम म गर्दिनँ; तर उल्‍टो मैले गर्न नचाहेको खराब कामचाहिँ म गरिरहन्‍छु। मैले इच्‍छा नगर्दा-नगर्दै पनि म त्‍यो काम गर्छु भने त्‍यो काम गर्ने त म होइनँ तर मभित्र बास गर्ने पाप हो। यसकारण असल काम गर्न खोज्‍दाखोज्‍दै पनि खराब काम मेरो साथ हुन्‍छ। यही नियमले मेरो जीवनमा काम गरेको अनुभव म गर्छु। मेरो आत्‍माचाहिँ परमेश्‍वरको नियमले खुसी हुन्‍छ। तर ममा भने म अर्कै शक्तिले काम गरेको देख्‍छु। यो शक्तिचाहिँ मेरो आफ्‍नै मनले मान्‍न खोजेको नियमको विरोधमा लड्छ। यसैले मलाई पापको कैदी बनाउँछ र पापले ममाथि राज गर्छ। मेरो हालत यस्‍तै छ, म आफैं त मन र आत्‍माले परमेश्‍वरको सेवा गर्छु तर ममा रहेको शारीरिक स्‍वभावले कमारोजस्‍तै पापकै सेवा गर्दछ, अहो म कस्‍तो अभागी मानिस, पाप र मृत्‍युको कैदबाट कसले मलाई छुटकारा देला? तर परमेश्‍वरलाई धन्‍यवाद होस्। हाम्रा ख्रीष्‍ट येशूले नै यसबाट हामीलाई छुटकारा दिनुभएको छ।

रोमी 7 पढ्नुहोस्