फेरि यो सित्तैको दानको फल एउटा मानिसले गरेको पापको फलजस्तो होइन। आदमको एउटै पापले गर्दा मानिसहरू दोषी ठहराइए र तिनीहरू सजायको भागी भए। तर मानिसहरूले धेरै पाप गरेपछि परमेश्वरले तिनीहरूलाई सित्तै निर्दोष ठहराउनुभयो। एउटा मानिसले पाप गर्दा मृत्युले सबै मानिसमाथि राज्य गर्यो। त्यसरी नै परमेश्वरले प्रशस्त दया गरेर मानिसलाई ठीक ठहराउनुभयो। यिनीहरू एउटै मानिस येशू ख्रीष्टद्वारा जिउनेछन् र विजयी जीवनमा राज्य गर्नेछन्। जसरी एउटै पापले सबै मानिस मृत्युदण्डका भागी भए, त्यसरी नै एउटै धार्मिक कामले सबै मानिस परमेश्वरको सामु ठीक ठहराइएर जीवन पाउने भए।
रोमी 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 5:16-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू