YouVersion लोगो
खोज आइकन

रोमी 5:16-18

रोमी 5:16-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वरको वरदानलाई एक जना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर अनुग्रहको वरदानले अनेकौँ अपराधहरूबाट निर्दोषीकरण गरायो। किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्‍यो भने एउटै मानिस येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ! यसकारण जसरी एक जनाको अपराधले सबै मानिसमाथि दण्डको आज्ञा भयो, त्यसरी नै एक जनाको धार्मिकताको कार्यले पनि सबै मानिसहरूमा निर्दोषीकरण र जीवन ल्यायो।

शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्

रोमी 5:16-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

फेरि यो सित्तैको दानको फल एउटा मानिसले गरेको पापको फलजस्‍तो होइन। आदमको एउटै पापले गर्दा मानिसहरू दोषी ठहराइए र तिनीहरू सजायको भागी भए। तर मानिसहरूले धेरै पाप गरेपछि परमेश्‍वरले तिनीहरूलाई सित्तै निर्दोष ठहराउनुभयो। एउटा मानिसले पाप गर्दा मृत्‍युले सबै मानिसमाथि राज्‍य गर्‍यो। त्‍यसरी नै परमेश्‍वरले प्रशस्‍त दया गरेर मानिसलाई ठीक ठहराउनुभयो। यिनीहरू एउटै मानिस येशू ख्रीष्‍टद्वारा जिउनेछन् र विजयी जीवनमा राज्‍य गर्नेछन्। जसरी एउटै पापले सबै मानिस मृत्‍युदण्‍डका भागी भए, त्‍यसरी नै एउटै धार्मिक कामले सबै मानिस परमेश्‍वरको सामु ठीक ठहराइएर जीवन पाउने भए।

शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्

रोमी 5:16-18 पवित्र बाइबल (NERV)

जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ। एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्। यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकाले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ।

शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्

रोमी 5:16-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सित्तैँको वरदानचाहिँ त्‍यस एक जना मानिसको पापको नतीजाजस्‍तै होइन। किनकि एउटा अपराधको इन्‍साफले दण्‍डको आज्ञा ल्‍यायो, तर धेरै अपराधका पछि आउने सित्तैँको वरदानले निर्दोषीकरण ल्‍याउँछ। यदि एउटै मानिसको अपराधले गर्दा त्‍यस मानिसद्वारा मृत्‍युले राज्‍य गर्‍यो भनेता झन्‌ बढ़ी प्रशस्‍त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्‍टद्वारा जीवनमा राज्‍य गर्नेछन्‌। यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्‍डका भागीदार बने, त्‍यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्‍ति धर्मी ठहराएर जीवन ल्‍याउँछ।