त्यसो भए हामी हाम्रा जातिका पुर्खा अब्राहामका बारेमा के भनौं? उनले के पाए? विश्वासले परमेश्वरको सामु ठीक ठहरिने सुविधा पाए। यदि उनले गरेका कुनै कामबाट परमेश्वरको सामु उनी ठीक ठहरिएका भए उनलाई घमण्ड गर्ने बाटो हुनेथियो। तर परमेश्वरको सामु उनीसँग घमण्ड गर्ने बाटो थिएन। धर्मशास्त्रमा लेखिएको छ, “अब्राहामले परमेश्वरमा विश्वास गरे। उनको त्यही विश्वासले गर्दा परमेश्वरले उनलाई ठीक ठहराउनुभयो।” काम गर्नेलाई ज्याला दिइन्छ। ज्याला दान होइन तर कमाएको कुरो हो। कसैले धर्म-कर्ममा होइन तर दोषीहरूलाई निर्दोष ठहराउनुहुने परमेश्वरमा विश्वास गर्छ भने उसलाई परमेश्वरले आफ्नो सामु निर्दोष ठहराउनुहुन्छ। यसरी परमेश्वरले मानिसलाई विश्वासद्वारा निर्दोष र ठीक ठहराउनुहुन्छ।
रोमी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 4:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू