त्यसो भए यहूदी भएकोमा के फाइदा भयो त? के खतना हुँदैमा केही फाइदा छ? हरेक प्रकारले छ। सबैभन्दा पहिले परमेश्वरले यहूदीहरूलाई आफ्नो पवित्र वचन सुम्पिनुभयो। तर कति जना यो पवित्र वचन पालन नगरेर अविश्वासी बने भन्दैमा के परमेश्वरले आफ्नो वचन तोड्नुहुन्छ र? हुँदै होइन, मान्छे झूटो भए पनि परमेश्वर साँचो नै रहनुहुन्छ। जस्तो धर्मशास्त्रले भन्दछ, “तपाईंले बोल्नुभएको कुरामा तपाईं ठीक हुनुहुन्छ भनी मानिसहरूले देख्नेछन् अनि फैसला हुने बेला तपाईंकै जित हुनेछ,।” तर हामीहरूले गरेका खराब कामहरूले परमेश्वरलाई अझ ठीक देखाउँछ भने हामी के भनौं त? के परमेश्वर हामीसित रिसाउनु गल्ती हो? कति मानिसहरूले यस्तै विचार गर्दछन्। परमेश्वरले दण्ड दिनु कुनै किसिमले पनि गल्ती होइन। यदि परमेश्वर न्यायी हुनुहुन्न भने कसरी मानिसहरूको फैसला गर्नुहुन्छ? मेरो झूटले परमेश्वरको सत्यलाई बढाएर उहाँको झन् आदर हुन्छ भने किन मलाई पापी ठहराउने? केही असल देखा परोस् भनेर नै हामीले पाप गरौं भन्यौं रे! कसै-कसैले यही दोष हामीलाई लगाउँछन्। यस्ता दोष लगाउने मानिसलाई उचित सजाय हुनेछ। त्यसो भए के अरूहरूभन्दा हामी यहूदीहरू बेस छौं त? एकदमै होइन। मैले अघि नै देखाइसकेको छु: यहूदी र अरूहरू पनि सबै समान रूपले पापका पन्जामा छन्। यस्तै कुरा धर्मशास्त्रमा पनि लेखिएको छ, “परमेश्वरको अगाडि कुनै मानिस पनि ठीक छैन, अहँ एउटै पनि। परमेश्वरलाई बुझ्ने मानिस कोही छैन नता कसैले परमेश्वरको खोजी नै गरेका छन्। सबैले बाटो बिराएका छन् र सबै काम नलाग्ने भएका छन्, असल काम गर्ने एक जना पनि छैन,।” “तिनीहरूको घोक्रो खुल्ला चिहानजस्तै छ, तिनीहरूले आफ्नै जिब्राले ढाँटेका छन्,।” “तिनीहरूको बोली विषालु सर्पको विषजस्तो छ,।” “तिनीहरूले सरापिरहन्छन् र मनको तीतो पोखाइरहन्छन्,।” “तिनीहरू मानिस मार्न छिटा छन्। तिनीहरू जहाँ-जहाँ जान्छन्, त्यहाँ-त्यहाँ मृत्यु र दु:ख फैलाउँछन्। शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्,।” “नता परमेश्वरको डरै मानेका छन्,।” व्यवस्थाको कुरा व्यवस्थाका अधीनमा हुने मानिसलाई भनिएको हो भनी हामीलाई थाहा छ। यसकारण सबै मानिसको मुखमा बुजो लाग्नेछ र सारा संसार दोषी ठहराइन परमेश्वरको अगाडि उभ्याइनेछ। व्यवस्था पालनले कोही पनि परमेश्वरको अगाडि ठीक ठहरिनेछैन किनभने व्यवस्थाले त मानिसले गरेको पाप चिनाइदिन्छ।
रोमी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 3:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू