YouVersion लोगो
खोज आइकन

रोमी 14:19-23

रोमी 14:19-23 सरल नेपाली

यसैकारण हामी शान्‍ति दिने र एक-अर्कालाई सहयोग पुर्‍याउने कुरामा मात्रै सधैँ ध्‍यान राखौं। खानेकुराको कारणले परमेश्‍वरले गर्नुभएको कामलाई नाश नगर। सबै खानेकुरा खानुहुन्‍छ तर कसैलाई पाप गर्न लगाउने गरी केही खानुचाहिँ खराब हो। खासमा त मासु पनि नखानू, कुनै मात लाग्‍ने कुरो पनि नपिउनू अनि भाइलाई ठेस लाग्‍ने गरी कुनै कुरो पनि नगर्नू नै राम्रो हो। त्‍यसो हुँदा यस बारेमा विश्‍वास तिमी र परमेश्‍वरको बीचमा राख। आफैंले ठीक ठहराएको कुरोलाई खराब नठानी गर्ने मानिस धन्‍य हुन्‍छ। तर आफूले खाएको कुरामा आफैं शङ्का गर्दै खान्‍छ भने परमेश्‍वरले उसलाई दोषी ठहराउनुहुनेछ किनभने विश्‍वासबिनाको जुनसुकै कुरो गरे पनि पाप हो।

रोमी 14 पढ्नुहोस्