तर उहाँमा विश्वास नगरी कसरी उहाँलाई पुकार्ने? उहाँको बारेमा नसुनीकन कसरी उहाँमा विश्वास गर्ने? उहाँको बारेमा कसैले नसुनाई कसरी उहाँको बारेमा सुन्ने? सुनाउने मानिस नपठाई कसरी सुनाउने? धर्मशास्त्रले भन्छ, “सुसमाचार सुनाउनेहरू आउँदा कति आनन्दको कुरो हो।” तर सुन्नेहरू धेरैले चाहिँ सुसमाचारको वास्तै गरेनन्। अगमवक्ता यशैया भन्छन्, “प्रभु, हामीले भनेका कुरा कसले पो विश्वास गर्यो र?” यो हामीलाई थाहा छ, विश्वासचाहिँ सुनेर आउँछ र सुन्ने कामचाहिँ ख्रीष्टको प्रचारबाट हुन्छ। त्यसो भए के तिनीहरूले सुन्न पाएनन्? होइन, सुने। “तिनीहरूको आवाज पृथ्वीभरि फैलियो र तिनीहरूले भनेका कुरा संसारका कुनाकुनासम्म पुगे।” त्यसो भए के इस्राएलीहरूले यो सुसमाचार बुझेनन् र? बुझ्न त बुझे, तर टेरेनन्। परमेश्वरले अघि मोशाद्वारा तिनीहरूलाई भन्नुभएको थियो, “जो एक जाति नै होइन, तिनीहरूलाई छानेर म तिमीहरूलाई तिनीहरूप्रति इख गर्ने तुल्याउँछु। अबुझ जातिहरूलाई मुक्ति देखाएर म तिमीहरूको रिस उठाउँछु,।” परमेश्वरले भन्नुभएको कुरा अगमवक्ता यशैया अझ सुरिएर लेख्दछन्, “मलाई खोज्दै-नखोज्नेहरूले मलाई भेटे र दर्शन माग्दै नमाग्नेहरूकहाँ म देखा परें,।” इस्राएलका बारेमा उहाँले भन्नुभयो, “मेरा कुरा नमान्ने र मेरै विरोधमा उठ्ने मानिसहरूलाई डाक्न मैले दिनभरि आफ्नो हात पसारें,।”
रोमी 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 10:14-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू