रोमी 10:14-21

रोमी 10:14-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर जसलाई विश्‍वास गरेकै छैनन्‌ उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन्‌ उहाँमाथि तिनीहरूले कसरी विश्‍वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्‍ने? र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्‍तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्‍दर!” तर तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्, किनकि यशैया भन्‍छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्‍वास गरेको छ?” जे सुनिएको छ, त्‍यसैबाट विश्‍वास आउँछ र जे सुनिन्‍छ त्‍यो ख्रीष्‍टको प्रचारबाट आउँछ। तर म सोध्‍दछु, “के तिनीहरूले सुनेका छैनन्‌?” निश्‍चय नै तिनीहरूले सुनेका छन्, किनकि “तिनीहरूको आवाज सारा पृथ्‍वीभरि पुगेको छ, र तिनीहरूका वचन संसारको पल्‍लो छेउसम्‍म पुगेका छन्‌।” म फेरि सोध्‍छु, “के इस्राएलले बुझेन?” सर्वप्रथम मोशाले भन्‍छन्, “जो एक जाति नै होइन, म तिमीहरूलाई तिनीहरूप्रति डाही तुल्‍याउनेछु, एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई क्रुद्ध तुल्‍याउनेछु।” तब यशैयाले साहसपूर्वक भन्‍दछन्, “मलाई नखोज्‍नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन्‌ तिनीहरूका माझमा मैले आफैलाई प्रकट गरेकोछु।” तर इस्राएलको विषयमा तिनी भन्‍छन्, “दिनभरि नै अटेरी र विरोधी मानिसहरूप्रति मैले मेरो हात पसारेको छु।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:14-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिनीहरूले विश्‍वास नै नगरेकोलाई कसरी पुकार्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्‍वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्‍ने त? अनि कसैले प्रचारकहरूलाई नपठाएसम्म कसरी प्रचार गर्लान् त? यस्तो लेखिएको छः “सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर!” तर सबै इस्राएलीहरूले सुसमाचारलाई स्वीकार गरेनन्; किनकि यशैयाले यसरी भन्दछन्, “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ?” यसैले विश्‍वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्‍टको वचन प्रचारद्वारा आउँछ। तर म सोध्छु: के इस्राएलीहरूले सन्देश सुनेका छैनन्? निश्‍चय नै तिनीहरूले सुनेका छन्: “तिनीहरूका आवाज सारा पृथ्वीमा पुगेको छ, तिनीहरूका प्रचार संसारको अन्त्यसम्म पुगेको छ।” म फेरि सोध्न चाहन्छु: के इस्राएलीहरूले यो कुरा बुझेनन् त? सर्वप्रथम, मोशाले भन्दछन्; “जो एक जाति होइन, त्यसद्वारा म तिमीहरूलाई ईर्ष्यालु बनाउनेछु; समझशक्ति नै नभएको जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।” तब यशैयाले ठूलो साहससहित भन्दछन्, “जसले मलाई खोजेका थिएनन्, तिनीहरूले मलाई भेट्टाएका छन्; जसले मेरो खोजी नै गरेका थिएनन्, तिनीहरूको माझमा मैले आफूलाई प्रकट गरेको छु।” तर इस्राएलको बारेमा परमेश्‍वर भन्‍नुहुन्छ, “दिनभरि मैले मेरो हात अनाज्ञाकारी र हठी मानिसहरूतर्फ बढाएको छु।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:14-21 पवित्र बाइबल (NERV)

तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँको बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ। तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।” तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?” यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्। तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?” हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छ, “तिनीहरूका आवाज सारा-संसारमा फैलिउन्। तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्” फेरि म सोध्छु, “के इस्राएलका मानिसहरूले बुझेनन्?” हो तिनीहरूले बुझे। मोशा पहिले परमेश्वरका कुरा भन्छन्, “म ती मानिसहरूलाई प्रयोग गरेर तिनीहरूमा इर्ष्या उत्पन्न गराउँछु, जो एक जाति होइन। एउटा मूर्ख जातिलाई प्रयोग गरेर म तिमीहरूलाई क्रुद्ध बनाउँछु।” त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्: “जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्, तिनीहरूले नै मलाई पाए। जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।” परमेश्वरले यी कुराहरू यशैयाद्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्

रोमी 10:14-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर उहाँमा विश्‍वास नगरी कसरी उहाँलाई पुकार्ने? उहाँको बारेमा नसुनीकन कसरी उहाँमा विश्‍वास गर्ने? उहाँको बारेमा कसैले नसुनाई कसरी उहाँको बारेमा सुन्‍ने? सुनाउने मानिस नपठाई कसरी सुनाउने? धर्मशास्‍त्रले भन्‍छ, “सुसमाचार सुनाउनेहरू आउँदा कति आनन्‍दको कुरो हो।” तर सुन्‍नेहरू धेरैले चाहिँ सुसमाचारको वास्‍तै गरेनन्। अगमवक्ता यशैया भन्‍छन्, “प्रभु, हामीले भनेका कुरा कसले पो विश्‍वास गर्‍यो र?” यो हामीलाई थाहा छ, विश्‍वासचाहिँ सुनेर आउँछ र सुन्‍ने कामचाहिँ ख्रीष्‍टको प्रचारबाट हुन्‍छ। त्‍यसो भए के तिनीहरूले सुन्‍न पाएनन्? होइन, सुने। “तिनीहरूको आवाज पृथ्‍वीभरि फैलियो र तिनीहरूले भनेका कुरा संसारका कुनाकुनासम्‍म पुगे।” त्‍यसो भए के इस्राएलीहरूले यो सुसमाचार बुझेनन् र? बुझ्‍न त बुझे, तर टेरेनन्। परमेश्‍वरले अघि मोशाद्वारा तिनीहरूलाई भन्‍नुभएको थियो, “जो एक जाति नै होइन, तिनीहरूलाई छानेर म तिमीहरूलाई तिनीहरूप्रति इख गर्ने तुल्‍याउँछु। अबुझ जातिहरूलाई मुक्ति देखाएर म तिमीहरूको रिस उठाउँछु,।” परमेश्‍वरले भन्‍नुभएको कुरा अगमवक्ता यशैया अझ सुरिएर लेख्‍दछन्, “मलाई खोज्‍दै-नखोज्‍नेहरूले मलाई भेटे र दर्शन माग्‍दै नमाग्‍नेहरूकहाँ म देखा परें,।” इस्राएलका बारेमा उहाँले भन्‍नुभयो, “मेरा कुरा नमान्‍ने र मेरै विरोधमा उठ्‍ने मानिसहरूलाई डाक्‍न मैले दिनभरि आफ्‍नो हात पसारें,।”

शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्