YouVersion लोगो
खोज आइकन

प्रकाश 4:6-11

प्रकाश 4:6-11 सरल नेपाली

सिंहासनको अगाडि सिसाजस्‍ता छर्लङ्गै देखिने समुद्र थियो। आँखै-आँखा भएका चारवटा जीवित प्राणीहरूले सिंहासनको अगाडि र पछाडि र वरिपरि घेरेका थिए। पहिलो जीवित प्राणी सिंहजस्‍तो देखिन्‍थ्‍यो, दोस्रो गोरुजस्‍तो थियो, तेस्रो जीवित प्राणीको चेहरा मान्‍छेको जस्‍तो थियो र चौथो जीवित प्राणी उडिरहेको गरुडजस्‍तो थियो। ती चारवटा जीवित प्राणीहरूका छ-छवटा पखेटा थिए र ती पखेटाहरूका बाहिर र भित्र दुवैपट्टि आँखाहरूले भरिएका थिए। रातदिन उनीहरूले नरोकीकन यसो भन्‍दै गीत गाइरहेका थिए, “सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर पवित्र, पवित्र, पवित्र हुनुहुन्‍छ। उहाँ हुनुहुन्‍थ्‍यो, उहाँ हुनुहुन्‍छ र उहाँ हुनुहुनेछ।” सदासर्वदा जीवित रहनुहुने अनि सिंहासनमा विराजमान् हुनुहुनेलाई ती चारवटा जीवित प्राणीहरूले सम्‍मान्, आदर र धन्‍यवादको गीत गाइरहेका थिए। उनीहरूले गीत गाउँदा-गाउँदै सदासर्वदा जीवित अनि सिंहासनमा विराजमान् हुनुहुनेको अगाडि ती चौबीस जना धर्म-गुरुहरूले दण्‍डवत् गरे र आफ्‍ना मुकुट उहाँको चरणमा टक्र्याउँदै यसो भने, “हे हाम्रा प्रभु परमेश्‍वर, तपाईं सम्‍मान्, आदर र अधिकारको योग्‍यको हुनुहुन्‍छ किनभने सबै तपाईंले नै सृष्‍टि गर्नुभएको हो र तपाईंकै इच्‍छाअनुसार ती हुन आए र जीवन पाएका छन्।”

प्रकाश 4 पढ्नुहोस्